पाटा नेपालद्वारा स्थापना दिवस ‘पाटा आई डी' र विश्व पर्यटन दिवस समारोह सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 27, 2022 | 04:43:09 PM मा प्रकाशित

laxmi  sunrise bank

प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले प्रतेक बर्ष विश्व पर्यटन दिवसको पूर्वसन्ध्यामा पर्ने  संस्थाको औपचारिक स्थापना दिवस (सेप्टेम्बर २६, १९७५) लाई एउटा उत्सवको रुपमा मनाउने गरी काठमाडौंको मण्डिखाटार स्थित गेट कलेजमा पाटा आइडी नामक एउटा नया बिशेष कार्यक्रम भब्यरुपमा सम्पन्न गरेको छ । 

विश्व पर्यटन दिवस २०२२ को मूल नारा “रिथिङ्किङ टुरिजम“ लाई आत्मसात् गर्दै संस्थाको  ४७ औँ बार्षिकोत्सव मनाउन आयोजित पाटा आईडी कार्यक्रम एक संजाल बिस्तार, नेटवर्किंग, अन्तरक्रिया, सम्मान तथा पहिचान, आकर्षक लक्की ड्र पुरस्कारहरू  र मनोरंजन कार्यक्रमको रुपमा सम्पन्न भएको छ र यो कार्यक्रम आगामी प्रतेक बर्ष पाटा नेपालले बार्षिक कार्यक्रमको रुपमा मनाउने भएको छ ।   

पाटा आईडी र विश्व पर्यटन दिवस समारोहको औपचारिक कार्यक्रममा, पाटा नेपाल च्याप्टरले आगामी वर्ष २०२३ जुन ६ देखि ९ सम्म आयोजना गर्ने  चौथो हिमालयन ट्राभल मार्टको प्रोमो भिडियो सार्वजनिक गरेको थियो । 

पाटा नेपाल च्याप्टरले सन् २०१७ देखि २०१९ सम्म वार्षिक रुपमा हिमालयन ट्राभल मार्ट का तीन अति सफल संस्करणहरू आयोजना गरेको थियो, जुन विश्वव्यापी महामारीपश्चात पछिल्लो समयमा आयोजना हुनसकेको छैन । 

नेपालको पर्यटन व्यवसाय तथा गन्तब्य  प्रवर्द्धनका लागि प्रमुख अन्तर्राष्ट्रिय ट्राभल ट्रेड मेलाको रुपमा स्थापित हिमालयन ट्राभल मार्टमा विश्वव्यापी क्रेताहरू, हिमालयन बिक्रेताहरू, ट्राभल ब्लगरहरू, प्रभावकारहरू, राष्ट्रिय र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरू, ट्राभल उद्योग व्यवसायीहरू र विश्वभरका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता गराई उनीहरुबीच ब्यापार आदान–प्रदान तथा सम्बन्ध संञ्जाल विस्तार, ज्ञान तथा सिप आदान–प्रदान गर्ने एक अद्धितीय मञ्च तथा एउटा विशेष लोकप्रिय बी–टु–बी कार्यक्रम हो । 

कार्यक्रमका बीच पाटाले आफ्नो वार्षिक पुरस्कार वितरण समारोह समेत आयोजना गरी निम्न पर्यटन सम्बन्धित व्यक्तित्व र संस्थाहरूलाई सम्मान गरेको छ । 

१) लाइफटाइम अचिभमेन्ट अवार्ड २०२२

पाटा नेपाल च्याप्टरका संस्थापक कोषाध्यक्ष तथा अग्रज पर्यटन व्यवसायी जोति लाल खन्नाले संस्थालाई दिएको योगदान र नेपाली पर्यटन क्षेत्रको प्रवर्द्धन र विकासका लागि ४५ वर्षभन्दा बढी समयसम्म निर्वाह गरेको उल्लेखनीय भूमिकाको उच्च सम्मान र कदर स्वरुप उनलाई पाटा लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ ।  

२) पाटा पर्सनालिटी अफ द इयर २०२१

पर्यटन बोर्डका पुर्व सीईओ दीपकराज जोशीलाई उनले नेपाली पर्यटन क्षेत्रको प्रवर्द्धन, दिगो विकास र पुनरुत्थानमा पु¥याउनुभएको निरन्तर योगदान र विश्वव्यापी महामारीको समयमा स्वयंसेवीको रुपमा असीम उत्साहका साथ पर्यटन क्षेत्रमा उनको सहयोग, सक्रियता, वकालत, संलग्नता तथा अथक प्रयासहरुको कदर स्वरुप ’पाटा पर्सनालिटी अफ द इयर २०२१’ प्रदान गरिएको छ।  

३) टुरिजम ट्रेल ब्लेजर अवार्ड २०२२

बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्र बहादुर बस्नेतलाई नेपाली उड्डयन क्षेत्रलाई सुदृढ बनाउन वर्षौंदेखि निर्वाह गर्नुभएको अतुलनीय योगदान, असाधारण नेतृत्वदायी भूमिका र पर्यटन उद्योगको विकासका लागि प्रस्तुत गरेको उत्कृष्ट तथा अग्रगामी पहलहरुको कदर स्वरूप पाटा टुरिजम ट्रेलब्लेजर अवार्ड २०२२ बाट सम्मानित गरिएको छ।  

४) वेष्ट स्टुडेन्ट च्याप्टर अफ द इयर २०२२

पाटाले आफ्ना सदस्य शैक्षिक संस्थाहरुमध्ये पाटा नेपाल स्टुडेन्ट च्याप्टरको उद्देश्य र भावना अनुरुप उत्कृष्ठ कृयाकलापहरु गरेकोमा प्रशंसा गर्दै ग्लोबल कलेज इन्टरनेशनल लाई वेष्ट स्टुडेन्ट च्याप्टर अफ द इयर २०२२ अवार्ड प्रदान गरेको छ ।

पाटा नेपाल च्याप्टरका अध्यक्ष विभूति चन्द ठाकुरले आफ्नो स्वागत मन्तव्यमा पर्यटन उद्योगको दिगो विकास र पुनरुत्थानका लागि स्वास्थ्य सुरक्षा, पर्यटकहरुको सुरक्षा, गन्तब्य तथा पर्यटन उपजहरुको सरसफाइ र सेवाको मापदण्ड स्तरोन्नतिमा  सबै निजी तथा सरकारी सरोकारवाला निकायहरु एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रमका प्रमुख वक्ता दीपकराज जोशीले नेपालको सन्दर्भमा “पर्यटनमा पुनर्विचार” सम्बन्धी आफ्नो धारणा राख्दै नेपाली पर्यटनको  सम्भावनालाई थप उजागर गर्न तथा पर्यटनबाट अधिकतम लाभ लिन परम्परागत स्रोतबजार कायम गर्दै एशियाक्षेत्र बाट माग बढाउनुपर्ने, डिजिटल क्षमता र सेवाहरू अभिबृद्धी गर्नुपर्ने, गुणस्तरीय लगानीलाई प्रोत्साहन गर्दै पर्यटकीय स्थलहरूको विविधीकरण गर्नुपर्ने,  पर्यटन उत्पादन÷गन्तब्यहरूको प्रभावकारी व्यवस्थापन र सेवा मानकीकरण गरिनुपर्ने, दक्ष जनसक्ती मानव संसाधन विकास मा जोड दिनुपर्ने, पर्यटकहरूको संख्या भन्दापनि गुणस्तर (मान) एवं बिशेष स्रोतबजार लक्षित मार्केटिङ रणनीतिहरू अवलम्बन गर्नुपर्ने र स्थानीय, क्षेत्रीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा पर्यटन साझेदारी र सहयोगलाई बढावा दिनुपर्ने जस्ता ७ वटा प्रमुख बिषयमा काम गर्नुपर्ने सुझाव ब्यक्त गरे । 

कार्यक्रममा बोल्दै विशिष्ट अतिथि वक्ता रवीन्द्रराज पाण्डेले पाटासँगको आफ्नो संलग्नता र पाटा नेपाल च्याप्टरले सन् १९८० र ९० को दशकमा नेपाली पर्यटन क्षेत्रको प्रवर्धन र विकासका लागि गरेका अग्रगामी पहलका अनुभव तथा सम्झनाहरू प्रस्तुत गरे ।

उनले पाटा नेपाल च्याप्टरद्वारा हाल भैरेहेका  प्रवर्द्धनात्मक प्रयास र पहल र संस्थाको औपचारिक सथापना दिवश समारोहलाई  हरेक वर्ष पाटा आईडी का रूपमा मनाउने अवधारणाको प्रशंसा गरे ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved