ढोरपाटनमा ७ नाउर र ५ झारलको शिकार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 09, 2022 | 04:07:29 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको एउटा मात्रै शिकार आरक्ष ढोरपाटन शिकार आरक्षमा यो याममा १२ वन्यजन्तुको शिकार भएको छ । पहिलो शिकार याममा ७ नाउर र ५ झारलको शिकार भएको हो । 

नेपालका विभिन्न ४ शिकार कम्पनीमार्फत नेपाल आएका विदेशी शिकारीहरुले तोकिएको कोटाभन्दा एउटा वन्यजन्तुको कम शिकार गरेका हुन् । पहिलो शिकार यामको लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले ६ वटा झारल र ८ वटा नाउरको शिकार गर्न अनुमति दिएको थियो । तर, एउटा नाउरको शिकार हुन नसकेको हो । 

ग्लोबल सफारिसज प्रा.ली.बाट शिकार गर्न आरक्ष गएका अमेरिकी नागरिक निकोलस भाइन्सेन्ट रोड्रिगेजले बार्से शिकार ब्लकमा नाउरको शिकार गर्न चुकेका हुन् । 

ढोरपाटन शिकार आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलका अनुसार अधिकांश शिकारीले शिकार गरिसकेपछि मासु यहीँ खाएर सिङ, खुर र छाला मात्रै आफ्नो देशमा लैजान्छन् । 

हरेक वर्ष असोज–मंसिर (पहिलो सिजन) र फागुन–वैशाख (दोस्रो सिजन) गरी २ सिजनमा शिकार हुँदै आएको छ । 

शिकारीले एउटा नाउरको २० लाख र झारलको ६ लाख रुपियाँ राजश्व तिरेका थिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved