चितवन महोत्सव पौष २५ गतेबाट, २५ करोडको कारोबार हुने अपेक्षा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 04, 2023 | 09:47:11 AM मा प्रकाशित

laxmi  sunrise bank

१४ औँ चितवन महोत्सव पौष २५ गतेबाट हुने भएको छ । पौष २५ गतेबाट नारायणी नदी किनारको प्रदर्शनी मैदानमा चितवन महोत्सव सुरु हुने आयोजकले जनाएको छ ।

महोत्सव आयोजन मूल समितिले उद्योग वाणिज्य संघको सभाहलमा पत्रकार सम्मेलन गर्दै माघ ४ गतेसम्म महोत्सव आयोजना हुने जानकारी गराएको हो । महोत्सवमा ४५० वटा स्टलहरू रहने छन् । 

महोत्सवका क्रममा पौष २८ देखि माघ २ गतेसम्म क्याम्पाचौरमा फुड फेष्टिबल सञ्चालन गरिने छ ।

महोत्सवमा ५ लाख दर्शकले अवलोकन गर्ने र २५ करोड भन्दा माथिको कारोबार हुने अपेक्षा गरिएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved