सर्वाेच्चको फैसला त्रुटीपूर्ण भन्दै होटल मजदुर आन्दोलित, मालिकलाई फरक चिन्ता

निरोज कुमार थापा

निरोज कुमार थापा

Feb 06, 2023 | 02:20:04 PM मा प्रकाशित

laxmi  sunrise bank

होटल तथा रेष्टुरेण्टले १० प्रतिशत सेवा शुःल्क लिन नपाउने सर्वोच्च अदालतको फैसलापछि होटल मजदुर आन्दोलित भएका छन् । यता रेष्टुरेण्टका मालिकहरुलाई फरक खालको चिन्ता थपिएको छ । 

सेवा शुःल्कबापत उठाइने १० प्रतिशत अतिरिक्त शुःल्कमध्ये श्रमिकहरुले ७१ प्रतिशत पाउँदै आएका थिए । होटल व्यवसायीहरु यस्तो शःुल्क नै उठाउन नपाइने भएपछि श्रमिक तथा मजदूरहरुले काम छाड्ने हुन् की भन्ने चिन्तामा रहेको बताउँछन् । मजदुरहरुले भने सर्वाेच्चको फैसला त्रुुटीपूर्ण भएको जिकिरसहित खाइपाइ आएको सुविधा पुनःस्थापनका लागि आन्दोलन थालेको बताएका छन् ।

होटल तथा रेष्टुरेन्टका सञ्चालकहरुले मध्यमार्गी बाटो पहिल्याउन सकिन्छ की भनेर छलफल गर्दै आएका पनि छन् । होटल संघ नेपाल (हान) र रेष्टुरेण्ट एण्ड वार एशोसिएसन नेपाल (रेवान)ले सर्वोच्चको आदेशअनुसार बिलबाट सेवा शुःल्क हटाउन भने आफ्ना सदस्यहरुलाई निर्देशनसहित पत्राचार गरिसकेका छन् ।

फागुन ७ बाट होटल तथा रेष्टुरेण्टमा हड्तालको घोषणा 

मजदुरहरूका सङ्गठनले सर्वोच्च अदालतको फैसला श्रमिकहरुका लागि प्रतिकुल हुने दावी गर्दै आएका छन् । उनीहरुले यसअघि उक्त फैसला कार्यान्वयन हुनबाट रोक्न पहल गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समेत भेटेका थिए । 

होटल तथा रेष्टुरेन्टका सञ्चालकहरुले अदालतको फैसला कार्यान्वयन गर्न सुरु गरिसकेका छन् । यता फैसला कार्यान्वयन हुन सुरु भइसकेपछि श्रमिकहरुका ३ वटा सङ्गठनले आगामी फागुन ७ गतेबाट देशैभरका होटल तथा रेस्टुरेण्टमाहड्तालको घोषणा गरेका छन् ।

आफूहरुले खाइपाइ आएको सुविधा नै अदालतले कटौती गरिदिएपछि माघ २७ गतेदेखि बुकिङ रोक्ने र फागुन ७ गतेबाट सबै होटल तथा रेष्टुरेण्ट बन्द गराउने श्रमिकका सङ्गठनहरुको चेतावनी छ ।

नेपाल स्वतन्त्र होटल मजदूर युनियन, अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुरेण्ट मजदुर संघ र नेपाल पर्यटन, होटल सम्बद्ध श्रमिक संघले संयुक्त संघर्ष समिति नै बनाएका छन् । 

उनीहरुले ‘पर्यटन होटल सम्बद्ध केन्द्रीय संयुक्त ट्रेड युनियन सङ्घर्ष समिति’को ब्यानरमार्फत १८ वर्षदेखि खाइपाइ आएको १० प्रतिशत सेवा शुःल्कलाई पुनःस्थापना गर्नुपर्ने माग गरेका छन् । 

कालोपट्टी बाँधेर धर्ना जारी

श्रमिकहरुले अहिले पनि होटल तथा रेष्टुरेण्टमा आन्दोलन गरिरहेका छन् । उनीहरुले रोजगारदताविरुद्ध आन्दोलन गरेको नभई अदालतको फैसला त्रुटीपूर्ण रहेको दाबी गर्दै आएका छन् ।

आइतबारबाटै होटल तथा रेष्टुरेन्टमा श्रमिकहरुले कालो ब्यानर राखेर विरोध थालेका छन् । उनीहरुले हालतमा कालोपट्टी बाँधेर काम गरिरहेका छन् । मजदुरले आइतबारबाटै हरेक दिन १ घण्टा धर्ना दिन थालेको जनाएको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले माघ ११ गते होटल तथा रेष्टुरेण्टले लिँदै आएको १० प्रतिशत सेवा शुःल्क खारेज गरिदिएको थियो । सेवा शुःल्कबापत उठाइएको रकममध्ये श्रमिकले ७१ प्रतिशत पाउँथे भने ब्रोकेज तथा अपरेसनल लिकेजका लागि रोजगारदाताले २४ प्रतिशत राख्दै आएका थिए ।

बाँकी रहेको ५ प्रतिशतमध्ये रोजगारदाता सङ्गठनलाई २.५ प्रतिशत तथा मजदुर ट्रेड युनियनलाई २.५ प्रतिशत वितरण गर्ने प्रावधान थियो ।

‘अदालतविरुद्ध होइन, खाइपाइ आएको सुविधा पुनःस्थापन गर्न आन्दोलन’

नेपाल स्वतन्त्र होटल क्यासिनो तथा रेष्टुरेन्ट मजदुर युनियनका केन्द्रीय कमिटी सचिव बद्रीकुमार भण्डारी आफूहरुले सर्वोच्च अदालतको विरुद्दमा आन्दोलनका कार्यक्रम घोषणा गरेको नभई आफूहरुको सेवा सुविधा कटौती हुनु हुँदैन भन्ने माग राखेर आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको बताउँछन् । 

उनले श्रम कानुन र श्रम नियमावली अनुसार खाइपाइ आएको सुविधाको पुर्नस्थापना मात्रै आफूहरुको माग भएको दावी गरे । ‘अदालतको आदेश विरुद्ध आन्दोलनको घोषणा गर्दा मानहानीको मुद्दा लाग्ला नि ?’ भन्ने बिजपाटीको प्रश्नमा उनले आफूहरु अदालत विरुद्ध आन्दोलित नभएको उनले जिकिर गरे ।

‘हामीले अदालतविरुद्ध आन्दोलन गरेका होइनौँ, हामीले सर्वोच्च अदालत मुर्दावाद भनेका पनि छैनौँ, हामीले सरकार मुर्दावाद पनि भनेका छैनौँ, हामीले त हाम्रो खाइपाइ आएको सुविधा कटौती हुनु भएन, यसको पुर्नस्थापना हुनुपर्छ भन्ने माग राखेका हौँ’ सचिव भण्डारीले भने, ‘यसकारण मानहानीको मुद्दा लाग्ने कुरै आउँदैन ।’

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved