चन्द्र ढकालको गैंडाकोट–मौलाकालिका केबलकार सञ्चालनमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 14, 2023 | 11:58:18 AM मा प्रकाशित

laxmi  sunrise bank

नयाँ वर्ष २०८० को अवसर पारेर आजबाट नवलपुरको गैंडाकोटमा रहेको मौलाकालिका मन्दिरमा केबलकार सञ्चालनमा आएको छ । शुक्रबार विहान ६ बजेदेखि केबलकार सञ्चालनमा आएको हो ।

केबलकारको तल्लो स्टेशनबाट गैंडाकोट नगरपालिका ६ की सय  वर्षीया सरस्वती कँडेल र माथिल्लो स्टेशनबाट नवलपुरका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साललाई पहिलो यात्रुका रुपमा यात्रा गराएर केबलकार उद्घाटन गरिएको हो ।

केबलकारले दुईतर्फी मूल्य ५५० रुपैयाँ तोकिएको छ । ४ फिटसम्मका बच्चाबच्चीहरुको लागि ३३०, विद्यार्थीहरुको लागि ४१५, जेष्ठ नागरिकहरुको लागि ४१५ र फरक क्षमता भएकाहरुका लागि २७५ रुपैयाँ टिकट दर तोकिएको छ ।

८० वर्षमाथिका वृद्धवृद्धा र ३ फिटभन्दा तलका बच्चाबच्चीहरुको लागि निःशुल्क सेवा दिने कम्पनीले जनाएको छ । 

१ अर्ब ५० करोड रूपैयाँको लागतमा होटलसहितको केबलकारको औपचारिक उदघाटन भने मध्य वैशाखसम्म गर्ने तयारी छ । १२ सय मिटर लामो केबलकारमा ६ वटा टावर निर्माण गरिएका छन् । 

केबलकार आयोजनामा ५१ प्रतिशत शेयर मौलाकालिका केबलकार प्रा.लि. (आईएमई ग्रुप) र बाँकी ४९ प्रतिशत लगानी स्थानीयको रहेको छ । केबलकारले स्थानीयसहित ४ सय जनालाई रोजगारी दिएको छ । 

केबलकारको माथिल्लो स्टेशनमा ६० कोठा र स्वीमिङ पुल सहितको सुविधा सम्पन्न होटल पनि निर्माण भइरेको छ । आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले होटल सञ्चालनमा आउन अब ५ महिना लाग्ने बताएका छन् । 

आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकाल चैत ३० (हिजो) मात्रै निजी क्षेत्रको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष बनेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved