चितवनमा प्याराग्लाइडिङ सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 15, 2023 | 02:40:25 PM मा प्रकाशित

laxmi  sunrise bank

चितवनमा राग्लाइडिङको व्यावसायिक उडान सुरु भएको छ  । हिमालयन फन्टियर्स प्याराग्लाइडिङ कम्पनी चितवनले नयाँ वर्षको अवसर पारी उडान सुरु गरेको हो ।

जिल्लामा आउने आन्तरिक तथा बाह्य चितवनमा पर्यटकीय गतिविधि बढाउने उद्देश्यका साथ प्याराग्लाइडिङको व्यावसायिक उडान थालिएको छ ।

चितवनको चौकीडाँडाबाट प्याराग्लाइडिङ उडान भरेर देवघाट गाउँपालिका–५ स्थित त्रिशूली नदी किनारमा अवतरण गरिनेछ । कम्पनीका सञ्चालक शालिक दबाडीले पर्यटकका लागि नयाँ गन्तव्यको खोजी गर्ने क्रममा प्याराग्लाइडिङ सुरु गरेको बताए । यस क्षेत्रमा निकट भविष्यमा रोप साइक्लिङ, बन्जीजम्पजस्ता गतिविधि गर्ने योजना रहेको उनको भनाइ छ । दबाडीले भने, “चौकीडाडाँमा चौकीडाँडा रिसोर्टसमेत निर्माण गरेर यहाँको पर्यटन प्रवद्र्धनमा काम गर्ने योजना छ ।” कम्पनीले उडानका लागि कविलास डाँडाबाट समेत अनुमति पाएको छ ।

प्याराग्लाडिङ उडानका लागि प्रति व्यक्ति रु आठ हजार शुल्क तोकिएकामा हाललाई २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । दैनिक ४५ जनासम्मलाई उडाउन सकिने  दबाडीको भनाइ छ । नेपाल प्याराग्लाइडिङ सङ्घका महासचिव शैलेन्द्र राउतले नागबेली सडक र त्रिशूली नदीमाथिको उडानले पर्यटक आकर्षित हुने बताए ।

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved