चन्द्रागिरि केवलकार पुनः सञ्चालनमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 23, 2023 | 12:31:48 PM मा प्रकाशित

laxmi  sunrise bank

चन्द्रागिरि हिल्स लिमिटेडद्वारा सञ्चालित चन्द्रागिरि केवलकार प्राविधिक परीक्षणपछि पुनः सञ्चालनमा आएको छ । शुक्रबार अपरान्ह ३ बजेदेखि अकस्मात आएको ठूलो हावा हुरीका कारण केवलकार सञ्चालनमा समस्या आएपछि केवलकार सेवा बन्द गरिएको थियो । 

प्राविधिक परीक्षणको काम सकिएपछि आइतबार दिउँसोदेखि केवलकार पुनः सञ्चालनमा आएको छ । 

प्राविधिक परीक्षणका क्रममा केवलकार सेवा बन्द हुँदा यात्रुहरुमा पर्न गएको असुविधाप्रति चन्द्रागिरि हिल्सले क्षमा मागेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved