भारतीय नागरिक बाहेकका लागि चीनले कैलाश यात्राको अनुमति दिन थाल्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 23, 2023 | 01:39:38 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय नागरिक बाहेकका तीर्थयात्रीले कैलाश मानसरोवर यात्रा अनुमति पाउने भएका छन् । चीनले भारतीय बाहेकका तीर्थयात्री तथा पदयात्रीका लागि कैलाश मानसरोवर यात्रा खुला गरेको हो ।

चीन सरकारले तिब्बतको राजधानी ल्हासा र नेपालको केरुङ नाकाबाट कैलाश यात्रामा जान दिनेछ । कैलाश जाने विदेशीका लागि अनुमति प्राप्त हुन थालेको र आगामी साता कैलाशका लागि नेपालबाट टोली प्रस्थान गर्ने कैलाशको यात्रा गराउने पर्यटन व्यवसायीहरूको संस्था एसोसिएसन अफ कैलाश टुर अपरेटर्सले जनाएको छ । चीनले भारतीय यात्रुलाई लाई परमिट दिएको छैन । 

कैलाशका लागि हरेक वर्षको मेदेखि सेप्टेम्बरसम्म मुख्य सिजन मानिन्छ । 

नेपालगन्जबाट हुम्लाको हिल्सा भएर तिब्बतको ताक्लाकोट हुँदै एउटा रुट र रसुवागढीबाट केरुङ हुँदै कैलाश मानसरोवर जाने अर्को रुट छ । हुम्लाबाट जाने रुट भने चीनले खुला गरेको छैन ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved