मानसरोवर जाने पर्यटकको भिसा शुल्क तेब्बरले बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 02, 2023 | 11:54:53 AM मा प्रकाशित

laxmi  sunrise bank

चीनले नेपालबाट कैलाश मानसरोवर जाने पर्यटकको भिसा शुल्क एकैपटक तेब्बरले बढाएको छ । मानसरोवर जाने तिर्थयात्रीले १३ हजार ६६० रुपैयाँ भिसा शुल्क बुझाउनुपर्नेछ । 

समूहमा कैलाश यात्रा गर्ने विदेशीहरूको बायोमेट्रिक पनि अनिवार्य गरिएको छ । काठमाडौंस्थित चिनियाँ भिसा सेन्टरले बायोमेट्रिक लिएर मात्रै भिसा प्रक्रिया अघि बढाउन सुरु गरेको छ । भिसा प्राप्त गर्ने अवधि पनि ५ दिन पुर्‍याएको छ ।

कैलाश यात्रीहरूका सहयोगी भएर जाने नेपालीहरूको भिसा शुल्क पनि प्रतिव्यक्ति १३ हजार ६६० रुपैयाँ पुगेको छ । कोभिड अगाडि ४ हजार १ सय रुपैयाँ थियो । 

कैलाश मानसरोवरका लागि हरेक वर्षको मेदेखि सेप्टेम्बरसम्म मुख्य सिजन मानिन्छ । 

चीनले भारतीय नागरिकका लागि मानसरोवर यात्रामा प्रतिबन्ध लगाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved