अप्रिलमा १ लाख पर्यटक नेपाल आए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 02, 2023 | 02:58:40 PM मा प्रकाशित

laxmi  sunrise bank

सन् २०२३ को अप्रिलमा करिब एक लाख जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । पर्यटन बोर्डको तथ्यांकअनुसार अप्रिलमा ९८ हजार ७०३ जना पर्यटक नेपाल आएका हुन् । 

मार्च महिनामा ९९ हजार ४२६ जना पर्यटक आएका थिए । 

गत वर्ष सन् २०२२ को अप्रिलमा ६१ हजार ५८९ र २०२१ को अप्रिलमा २२ हजार ७३२ जना पर्यटक नेपाल आएका थिए । 

२०२३ को ४ महिनामा नेपाल घुम्न आउने पर्यटकको संख्या ३ लाख २६ हजार ५२८ पुगेको छ।

अप्रिलमा सबैभन्दा धेरै ३१ हजार ४३७ जना भारतीय पर्यटक नेपाल भित्रिएका छन्। अमेरिकाबाट ८ हजार ४१३ जना, बेलायतबाट ५ हजार ४०९ जना, चीनबाट ४ हजार ७७० जना र अष्ट्रेलियाबाट ३ हजार ८२८ जना पर्यटक नेपाल आएका छन् । 

जर्मनीबाट ३ हजार २४६ जना, फ्रान्सबाट ३ हजार २११ जना, रसियाबाट २ हजार ६६७ जना, बंगलादेशबाट २ हजार २१७ जना र थाइल्याण्डबाट २ हजार १०२ जना पर्यटक नेपाल घुम्न आएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved