विश्वका घुम्नैपर्ने गन्तव्यको सूचीमा नेपालको मुस्ताङ पनि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 14, 2023 | 04:22:23 PM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिका समाचार संस्था ‘सिएनएन’ले सार्वजनिक गरेको विश्वका घुम्नैपर्ने गन्तव्यको सूचीमा नेपालको मुस्ताङ पनि परेको छ । सन् २०२३ का लागि घुमफिरमा निस्कने पर्यटकले घुम्नै पर्ने उत्कृष्ट गन्तव्यमा नेपालको मुस्ताङ पनि परेको हो । 

सिएनएनले मुस्ताङलाई दक्षिण एसियाका गन्तव्यमध्ये घुम्नै पर्ने एक मात्र ठाउँ भनेको छ । सिएनएनले हिमाली पदयात्राका लागि मुस्ताङ उत्कृष्ट र प्रसिद्ध गन्तव्य भएको पनि उल्लेख गरेको छ । 

मुस्ताङ उपत्यका पुग्न हवाई मार्ग र स्थल मार्ग प्रयोग गर्नुपर्छ । काठमाडौँबाट हवाई उडानमार्फत पोखरा र पोखराबाट जोमसोम सम्म उडान हुन्छ । 

काठमाडौँबाट सिँधै गाडी लिएर १२ घण्टा हिडेपछि मुस्ताङ पुग्न सकिन्छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved