चन्द्र ढकालको ‘लुम्बिनी केबलकार’ जेठ १० गतेदेखि सञ्चालनमा आउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 16, 2023 | 05:23:25 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई समूहले बनाएको बुटवलको लुम्बिनी केबलकार जेठ १० गतेदेखि सञ्चालनमा आउने भएको छ । जेठ १० गते केबलकार सञ्चालनमा ल्याउने गरी अहिले तयारी तीव्र पारिएको आइएमई समूहका अध्यक्ष चन्द्र ढकालले जानकारी दिए । 

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षसमेत रहेका ढकालले लुम्बिनी केबलकार सञ्चालनमा आएकै दिनदेखि केबलकारको ‘टप स्टेशन’मा बनेको कामाख्या मन्दिरमा १ हप्तासम्म पुजाआजा गरिनेछ । 

२०७७ फागुन १ गते १ वर्षभित्र सञ्चालनमा ल्याउने लक्ष्यसहित शिलान्यास भएको लुम्बिनी केबलकार कोरोना महामारीका कारण समयमै सम्पन्न हुन सकेन । आयोजनाको कुल लागत ३ अर्ब ५० करोड रुपैयाँको हाराहारीमा रहेको बताइएको छ । 

केबलकारको लम्बाई बुटवलको गोलपार्कदेखि पाल्पाको तिनाउ गाउँपालिका–३ बसन्तपुरसम्म ३ किलोमिटर छ । बुटवल उपमहानगरपालिका–३ बमघाटमा तल्लो र पाल्पाको तिनाउ गाउँपालिका–३ वसन्तपुरमा केबलकारको माथिल्लो स्टेशन छ ।

केबलकार सञ्चालनमा आएपछि टप स्टेशनमा पाँचतारे होटेल, बाल उद्यान र जिपलाइन लगायतका पर्यटकीय संरचना बनाइनेछ । 

हाल २५ वटा गोण्डाला रहेको केबलकारले सो क्षेत्रमा पर्यटकीय चहलपहल बढाउने अपेक्षा लिइएको छ । यो केबलकारले भारतको गोरखपुर, लखनउसम्मका पर्यटक तान्ने ढकालको विश्वास छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved