काठमाडौँमा सम्पदा घुम्ती बस सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 22, 2023 | 06:41:36 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँमा सम्पदा घुम्ने पर्यटकका लागि मंगलबारदेखि ‘सम्पदा घुम्ती बस सेवा’ सञ्चालन हुने भएको छ । नेपाल पर्यटन बोर्डले ‘हफ अन हफ अफ बस’ भोलीदेखि परीक्षणका रुपमा सञ्चालनमा आउने भएको हो । 

उपत्यकाका प्रमुख सम्पदा क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले पर्यटन मन्त्रालय र पर्यटन बोर्डले साझा यातायातसँगको सहकार्यमा सम्पदा घुम्ती बस सेवा सञ्चालनमा ल्याउन लागेका हुन् । ललितपुर महानगरपालिकाको प्राङ्गणमा मंगलबार यस्तो बस सेवाको उद्घाटन हुनेछ ।

यो बस सेवाले काठमाडौँ दरवार स्क्वायर, नारायणहिटी दरबार संग्रहालय, पशुपतिनाथ मन्दिर, बौद्ध र स्वयम्भुसम्म सेवा दिनेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved