फलोअप: सिष्टम ह्याक गरेर लाखौँको हवाइटिकेट काटिएको विषयमा साइबर व्यूरोले थाल्यो अनुसन्धान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 08, 2023 | 02:30:26 PM मा प्रकाशित

laxmi  sunrise bank

सिष्टम ह्याक गरेर अनाधिकृत रुपमा लाखौँँको हवाइ टिकेट काटिएको घटनामा नेपाल प्रहरीको साइबर व्युरोले अनुसन्धान थालेको छ । ह्याकरले नेपालका ट्राभलहरुलाई लक्षित गरी अनाधिकृत रुपमा प्रवेश गरी टिकेट काटिएकोबारे उजुरी परेपछि व्यूरोले सुक्ष्म अनुसन्धान थालेको छ ।

व्यूरोका अनुसार उक्त विषयमा तीन वटा उजुरी परेको छ । घटनामा व्यूरोले नेपाल पर्यटन बोर्डलाईसमेत पत्र पठाएर सचेत गराउन र आवश्यक परेको खण्डमा कागजातहरु उपलब्ध गराउनका लागि समन्वय गर्न भनेको छ । उजुरीका सम्बन्धमा अनुसन्धान जारी रहेको र घटना यसरी नै भएको हो भन्ने बारेमा यकिन भइनसकेको व्यूरोका एक प्रहरी अधिकृतले बताए । उक्त विषयमा व्यूरोका प्रहरी उपरीक्षक पशुपतिकुमार रायले अहिले उजुरीका आधारमा अनुसन्धान जारी रहेको र अरु कुरा भन्न नमिल्ने बताए । 

यस्ता घटना अरु थप नहोस् भनेर पर्यटन बोर्डमार्फत पत्राचार गरी सचेतना अपनाउनका लागि आग्रह गरिएको पनि रायले बताए । व्यूरोले नेपालका विभिन्न ट्राभल्स कम्पनीलाई लक्षित गरी ह्याकरले अनाधिकृत पहुँच पुर्याएर विदेशको टिकेट जारी गर्ने घटना बढिरहेको हुँदा सुरक्षित र सतर्कताका लागि ट्राभल्स व्यवसायीलाई जानकारी गराईदिनलाई भन्दै नेपाल पर्यटन बोर्डलाई पत्राचार गरेको छ । व्यूरोले अनुसन्धानका लागि माग गरेका बेला यस घटनासँग जोडिएका ट्राभल, एयरलायन्स र सफ्टवेयर कम्पनीलाई आवश्यक सूचना उपलब्ध गराइदिन पनि बोर्डलाई भनेको छ । 

उक्त पत्र आएपछि बोर्डले आवश्यक सचेत गराउने, सुरक्षित रहन तथा जथाभावी आफ्नो गोप्य जानकारीहरु शेयर नगर्न र यकिन गरेर मात्रै कारोबार गर्न सम्बन्धित निकायलाई सचेत गराउने र सावधानीका उपायहरु अपनाउन सुझाएको निर्देशक मणिराज लामिछानेले बताए ।

बिजपाटीले यसरी उठान गरेको थियो समाचार

बिजपाटी डटकमले 'आयाटा र सेभरको सिस्टम ह्याक गरेर बेचियो लाखौँको प्लेन टिकेट, खतरामा नेपालका ट्राभल' शीर्षकमा जेठ १७ गते पहिलोपटक समाचार प्रकाशित गरेको थियो । समाचारमा सफ्टवेयर तथा टेक्नोलोजी सेवा दिने ग्लोबल डिस्टिब्यूटर सेन्टर (जीडीएस) कम्पनी सेभरको सिस्टम नै ह्याक गरेर कस्मो नेपाल ट्राभल्स एण्ड टुर्सको युजर नेममार्फत ७४ लाख रुपैयाँ बराबरको टिकेट काटिएको कुरा उल्लेख थियो ।

ह्याकरले टिकेटिङका लागि सफ्टवेयर तथा टेक्नोलोजी सेवा दिने सेभरको सिस्टम मात्र नभइ विश्वका करिब ३०० एयरलाइन्स (कुल हवाई यातायातको ८३ प्रतिशत) प्रतिनिधित्व गर्ने इन्टरनेशनल एयर ट्रान्सपोर्ट एसोसिएसन (IATA)को सिस्टमसमेत ह्याक गरेको देखिन्छ। 

कस्मो नेपाल ट्राभल्स एण्ड टुर्सले आफूले लिएको २५ लाखको क्यापिङभन्दा पनि बढी अर्थात् ८४ लाख रुपैयाँको टिकेट काटिनुले ट्राभल्सको मात्र नभइ सफ्टवेयर तथा टेक्नोलोजी सेवा दिने सेभरको सिस्टममा नै ह्याकर प्रवेश गरेको देखिन्छ। 

यसले सफ्टवेयर तथा टेक्नोलोजी सेवा दिने सेभरको सिस्टम प्रयोग गर्ने नेपालका ट्राभल्सले दिने सेवामाथि नै प्रश्न उब्जिएको छ। यद्यपि सेभरले पनि यस घटनामा आफ्नो कमजोरी स्वीकार गरेको छैन। 

सेभरले अहिले पनि कस्मो नेपाल ट्राभल्स एण्ड टुर्सको नै युजर नेम र पासवर्डको दुरुपयोग गरिएको तर्क दिँदै आएको छ। तर सेभरको सिस्टम प्रयोग गर्ने कस्मो नेपाल ट्राभल्समात्र नभइ अरु दुई ट्राभल्स देउराली र निलमा पनि यस्तै घटना घट्नुले सेभरको सिस्टममा पनि समस्या देखिन्छ। 

देउराली टुर्स एण्ड ट्राभल्सको युजर नेममार्फत ह्याकरले ६५ लाखको टिकेट काटेको छ भने निल ट्राभलको पनि लाखौँको टिकेट चोरबाटोबाट काटिएको छ। उनीहरुले पनि यसको क्षतिपूर्ति सेभरलेले वेहोर्नुपर्ने दावी गरेका छन्। 

घटनाक्रम हेर्दा ह्याकरले पछिल्लो समय सेभरको सफ्टवेयर तथा टेक्नोलोजी सेवा लिइरहेका टुर्स एण्ड ट्राभलको युजर नेम प्रयोग गरेर टिकेट काट्ने गरेको देखिन्छ। कस्मो नेपाल र देउराली टुर्स एण्ड ट्राभलसँग भएको घटना हेर्दा ह्याकरले शनिबार रातीको उडानका लागि शुक्रबार साँझदेखि टिकेट जारी गर्ने गरेको पाइएको छ।

यस अघि : 

 आयाटा र सेभरको सिस्टम ह्याक गरेर बेचियो लाखौँको प्लेन टिकेट, खतरामा नेपालका ट्राभल 

समाचारको विषयलाई लिएर सेभरको धम्की, थपिँदै पीडित टुर्स एण्ड ट्राभल  

समाचार प्रभाव: सिस्टम ह्याक गरेर टिकेट काटिएकोबारे साइबर व्यूरोको चासो, पर्यटन बोर्डलाई काट्यो पत्र

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved