नेपालको ट्राभलले जित्यो ७८ लाखको मुद्दा, टिकेटिङमा ऐतिहासिक उपलब्धि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 31, 2024 | 10:17:12 AM मा प्रकाशित

सिस्टम ह्याक गरेर लाखौंको हवाई टिकट काटिएको घटनामा अन्तरराष्ट्रिय निकाय 'ट्राभल कमिसन' ले नेपालको ट्राभल एजेन्सीको पक्षमा फैसला गरेको छ। करिब एक वर्षको कानूनी लडाईपछि अन्तरराष्ट्रिय निकाय ट्राभल कमिसनले कस्मो नेपाल ट्राभल्स एण्ड टुर्सको पक्षमा फैसला सुनाएको हो। यस बिषयमा बिजपाटी डटकमले नेपालको टुर्स एण्ड ट्राभलमाथि अन्याय भएको भन्दै आयटा वा सम्बन्धित निकायले क्षतिपूर्ति भर्नुपर्ने समाचार पटक पटक  लेखेको थियो। 

सिस्टम ह्याक गरेर टिकट जारी गरिनुमा इन्टरनेशनल एयर ट्रान्सपोर्ट एशोसिएशन(आयटा) को नै कमजोरी देखिएको भन्दै ट्राभल कमिसनले यसको क्षतिपूर्ति पनि आयटाले नै भराउनु पर्ने निर्णय सुनाएको छ। यो निर्णयले सिस्टम ह्याक गरेर टिकेट काटिएको  कस्मो नेपाल ट्राभल्स एण्ड टुर्समाथि आएको करिब ७८ लाख रुपैयाँको दायित्व अब आयटाले व्योहोर्नुपर्ने  छ। 

ह्याक गरेर जारी गरिएको टिकटको मूल्य आयटाले कस्मो नेपाल ट्राभल्स एण्ड टुर्ससँग दाबि गर्दै आएको थियो। तर आफ्नो सिस्टम ह्याक गरेर आफुले पाएको सिमाभन्दा बढी मूल्यको टिकट काटिनुमा आफ्नो कुनै गल्ति नभएको भन्दै उसले अन्तरराष्ट्रिय निकाय गुहारेको थियो। 

आयाटाले आफ्नो सदस्यता लिएका संस्थाहरुले टिकेट काट्दाका सम्पूर्ण भुक्तानी सम्बन्धि कामको व्यवस्था गर्ने गर्दछ। सदस्यता लिंदा टुर्स एण्ड ट्राभल्सले आफूले कारोबार गर्ने तहसम्मको एउटा निश्चित रकम धरौटीबापत आयाटालाई बुझाउने गर्दछन्। कुनै पनि टुर्स एण्ड ट्राभल्सलाई उक्त धरौटीको सीमाभन्दा बाहिर गएर टिकेट जारी गर्ने अधिकार पनि हुँदैन। कस्मो नेपालले २५ लाखको सिमा सुविधा पाउँदा उसको नामबाट ७४ लाख रुपैयाँ बराबरको टिकट काटिएको थियो। 

सफ्टवेयर नै ह्याक गरेर ह्याकरले लाखौंको रुपैयाँको टिकट जारी गरेको थियो।  एयरलायन्सको सेवा प्रदायक एयर प्रमोसन ग्रूप (एपीजी) को नेटवर्क नै ह्याक गरेर ह्याकरले  टिकट काटेको थियो। 

ह्याकरले  काठमाडौंको नक्सालस्थित उक्त कम्पनीको सिस्टम कब्जामा लिएर टिकट काटेका थिए । आफ्नो पहुँचबिना टिकट काटिएको रहस्य भने उक्त कम्पनीले पछि मात्र थाहा पाएको थियो । २०८१ साल जेठ ७ गते आइतबार राती दुई बजे मोरक्कोबाट सेनेगल उड्ने जहाजको लागि शनिबार साँझ ६ बजेबाट ती टिकट जारी भएका थिए । 

आफूलाई बील प्राप्त भएपछि मात्र आफ्नो युजर नेममार्फतर ह्याकरले ३९ जनाको दुईतर्फी टिकट काटेको थाहा हुन आएको कम्पनीका प्रबन्ध निर्देशक श्याम केसी (चित्रबहादुर केसी) ले बिजपाटीलाई बताए। करिब एक वर्षको कानूनी लडाईपछि जित हासिल गरेको बताउँदै उनले यसका लागि सहयोगी सबैलाई धन्यबाद समेत दिएका छन्। 

सिस्टम र सिमामा नयाँ व्यवस्था 

यस घटनापछि टिकट जारी  गर्ने प्रक्रिया र टिकट काट्न पाइने सिमामा पनि परिवर्तन गरिएको छ। यो घटना भए लगत्तै टिकेटिङको लागि  सफ्टवेयर तथा टेक्नोलोजी सेवा दिने सेभरले टिकट जारी गर्दा वन टाइम पासवर्ड (ओटीपी) को व्यवस्था गरेको छ।

त्यस्तै आयटाले पनि आफ्ना सदस्यहरुलाई उनीहरुलाई दिएको सिमाभन्दा बढीको टिकेट काट्न नमिल्ने व्यवस्था लागू गरेको छ। यसअघि आयटाले भने २५ लाखको सिमा पाउँदै आएका टुर्स एण्ड ट्राभल्सलाई उनीहरुको कारोबारको आधारमा सिमाभन्दा केहि गुणा बढी सिमा सुविधा दिएको थियो।

यसअघि: 

आयाटा र सेभरको सिस्टम ह्याक गरेर बेचियो लाखौँको प्लेन टिकेट, खतरामा नेपालका ट्राभल 
समाचार प्रभाव: सिस्टम ह्याक गरेर टिकेट काटिएकोबारे साइबर व्यूरोको चासो, पर्यटन बोर्डलाई काट्यो पत्र

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved