विदेशी पर्यटकमाथि हवाई क्षेत्रको लुट, सर्वोच्चले दियो कारण देखाउ आदेश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 12, 2025 | 03:10:00 PM मा प्रकाशित

laxmi sunrise bank

विदेशी पर्यटकहरुलाई हवाई कम्पनीहरुले चौगुणा भाडा थोपरेर लुट मच्चाईरहेको विषयमा सर्वोच्च अदालतले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ । बुधबार नवल सिंह रावल फाउण्डेसनले पत्रकार सम्मेलनको आयोजना गरी आदालतले राष्ट्रिय चासोको विषयमा सकारात्मक पहल लिएकोमा खुसि व्यक्त गर्दै सो जानकारी समेत दिएको हो।

फाउण्डेसनका अध्यक्ष तपेन्द्र रावलले नेपाल सरकार र सारोकारवाला पक्षहरुलाई वर्षौंदेखि ध्यानाकर्षण गराउँदा पनि नसुनेपछि अदालत जानु परेको र अदालतले सो विषयलाई सकारात्मक दिशामा अघि बढाएकोमा हर्षित भएको बताए । 

हालै माघ २२ गते न्यायाधीश बालकृष्ण ढकालको एकल इजलाशले नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबार, संस्कृति, पर्याटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण बबरमहल, नेपाल पर्यटन बोर्ड भृकुटीमण्डप, राष्ट्रिय सूचना आयोगका नाममा १५ दिने कारण देखाउ आदेश जारि गरेको रावलले बताए ।

अध्यक्ष रावलले अदालत जानु पूर्व नेपाल सरकार, पधानमन्त्री, पर्यटनमन्त्री, प्रदेश सरकारका मुख्यमन्त्री तथा पर्यटनमन्त्री, राजनीतिक दल, पर्यटनसँग सरोकार राख्ने संघसंस्थाका प्रमुख तथा प्रतिनीधी सबैलाई प्रमाणसहित भेट तथा निवेदन गर्दा कसैले नसुनेको आरोपसमेत लगाए । 

पछिल्लो समयमा २ हजारभन्दा बढी प्लेटफर्ममा नेपाल बारे विदेशीहरुले नकारात्मक प्रचार गरिरहेको र त्यसले पर्यटकहरु व्यापक घटिरहेको उनले जिकिर गरे ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved