नयाँ वर्षमा बन्दीपुरमा आन्तरिक पर्यटकको घुइँचो, सबै होटल भरिभराउ

रासस

रासस

Apr 13, 2025 | 05:27:51 PM मा प्रकाशित

nepal oil ltd

नयाँ वर्ष २०८१ को पूर्वसन्ध्यामा पहाडकी ‘रानी’का रूपमा चिनिने बन्दीपुरमा आन्तरिक पर्यटकको घुइँचो लागेको छ। ‘बन्दीपुर भ्रमण वर्ष २०२५’ सँगै मेल खाँदै नयाँ वर्ष मनाउन आएका हजारौँ पर्यटकका कारण यहाँको पर्यटन गतिविधि उत्साहजनक बनेको छ।

बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानका अनुसार दैनिक औसत दुई हजार पर्यटक यहाँ आउने गरेका छन्, जुन सामान्य दिनको तुलनामा दोब्बर हो। होटल व्यवसायमा समेत यसको प्रत्यक्ष प्रभाव परेको छ। “दुई हजार जनालाई बास बस्न सक्ने होटल क्षमतामा पछिल्ला दुई दिनदेखि सबै होटल भरिभराउ छन्,” उनले दिए।

बन्दीपुरमा हाल ७७ वटा साना–ठूला होटल सञ्चालित छन्। नयाँ वर्षलाई लक्षित गर्दै ती होटलहरूले १५ प्रतिशतसम्म छुटको व्यवस्था गरेका छन्। साथै, शनिबारदेखि सुरु भएको स्थानीय जातीय परिकारका ‘फूड फेस्टिभल’ले थप पर्यटक आकर्षित गरेको छ। महोत्सवको उद्घाटन आइतबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्दै छन्।

बन्दीपुर सामुदायिक होमस्टेकी दिलकुमारी थापाले पारिवारिक वातावरणका कारण आन्तरिक पाहुना होमस्टेतर्फ आकर्षित हुने गरेको बताइन्। “नयाँ वर्षको बेला पाहुनाको चाप धेरै भएको छ,” उनले भनिन्।

भ्रमण वर्षका संयोजक वैशबहादुर गुरुङका अनुसार सन् २०२५ भरि विभिन्न प्रचारात्मक र सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ। महोत्सवमा मगर, नेवार, गुरुङ, ब्राम्हणलगायत जातजातिका सांस्कृतिक नाच प्रस्तुत गरिंदैछ।

बन्दीपुर भ्रमण वर्ष प्रचार संयोजक राजु बानियाँका अनुसार जापान, अमेरिका, जर्मनी, फ्रान्स, भारत, अष्ट्रेलियालगायत २५ भन्दा बढी देशका पर्यटक यहाँ आइपुगेका छन्। गाउँपालिका अध्यक्ष सुरेन्द्र थापाले धार्मिक, प्राकृतिक र ऐतिहासिक सम्पदाहरूलाई पर्यटकीय गन्तव्यको रूपमा सूचीकृत गरी दोब्बर पर्यटक लक्ष्य लिएको जानकारी दिए।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved