क्लब हिमालय नगरकोट पुनः सञ्चालनमा, दशैं अफरमा छुटैछुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 13, 2020 | 10:30:36 AM मा प्रकाशित

laxmi  sunrise bank

कोभिड १९ लकडाउनको कारण सेवाबन्द रहेको नगरकोटको होटल क्लब हिमालय नगरकोट स्वास्थ्य सुरक्षाका साथ पुनः सञ्चालनमा आएको छ । पाहुनाहरुको स्वास्थ्यलाई प्रमुख प्राथमिकतामा राख्दै विश्व स्वास्थ्य संगठन र नेपाल पर्यटन बोर्डको स्वास्थ्य सम्बन्धी निर्देशिकालाई पालना गर्दै होटल पुनः सञ्चालन भएको हो ।

सिमित पाहुनालाई मात्र सेवा दिने र ७२ घण्टै रुम क्लिन साइकलको नियम पालना गर्दै पाहुनालाई बिहान छिटो चेकइन र दिउँसो ढिलो चेक आउट गर्न पाउने सुविधा लागू गरिएकोे होटलले जनाएको छ । होटलले पुनः सञ्चालनमा आएसंगै चाडपर्वलाई लक्षित गरी फेस्टिभ अफर समेत ल्याएको छ । अन्य समयमा नेपाली रुपैया नेट ११ हजार पर्ने मुल्यको अफरमा एक जोडीलाई प्रति रुम ६ हजारमा बेड एण्ड ब्रेक फास्ट समावेश गरिएको छ होटलले जनाएको छ । जसमा डिलक्स रुमको सुविधा, बेभरेजमा १० प्रतिशत छुट, दोस्रो पटकको बुकिङ्गमा १० प्रतिशतको डिस्काउन्ट भौचरका साथै २ गिलास वाइन लगायत थुप्रै अन्य सुविधाहरु समेत लिन सकिने छ । 

नगरकोटको उत्कृष्ट स्थानमा अवस्थित होटलबाटविश्व कै उत्कृष्ट मौषमी वातावरणमा मनोरम हिमाली श्रृङखलाको अवलोकनको आनन्द लिन सकिने छ । 

२०१९ मा ट्रिप एडभाइजरको १० उत्कृष्ट होटलमा पर्न सफल ४० वर्षको ईतिहास भएको क्लब हिमालय एस होटेल्सको एउटा अंगको रुपमा पर्दछ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved