बैंक अफ काठमाण्डूका ग्राहकलाई यल्लो प्यगोडा होटलमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 27, 2020 | 11:42:11 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक अफ काठमाण्डू लिमिटेड Bank of Kathmandu Limited का ग्राहकले काठमाडौंको जमल स्थित यल्लो प्यगोडा होटलमा छुट पाउने भएका छन्। बिओके का ग्राहकले बैंकको डेबिट, क्रेडिट कार्ड तथा मोबाईल बैंकिङ्गको माद्यमबाट भुक्तानी गदा छुट पाउने जनाईएको छ। 

बिओके का अनुसार ग्राहकले १५ प्रतिशत छुट पाउनेछन भने ३५०० मा होटलको कोठा पाउनेछन।  यस सम्बन्धि सम्झौतामा बैंकका कार्ड विभाग प्रमुख अमर राजभण्डारी र यल्लो प्यगोडा होटलको महाप्रबन्धक अर्जुन केशीले हस्ताक्षर गरेका छन्। 

यस सम्झौता पश्चात् ग्राहक महानुभावहरुले यल्लो प्यगोडा होटलको सेवाहरु उपभोग वापत बैंकको कार्ड तथा मोबाईल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्दा होटलको कोठा रु ३,५००।००(सर्तहरु लागु हुनेछन्) शुल्कमा उपभोग गर्न पाउने तथा अन्य सुविधाहरुमा वास्तविक मुल्यको १५% छुट पाउनेछन्। 

यल्लो प्यगोडा होटलले काठमाण्डांै र पोखराबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ । 

बैंक अफ काठमाण्डू लिमिटेडले ९१ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved