ठमेलमा खुल्यो अमेरिकी होटल चेन ‘रमडा’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 14, 2021 | 10:31:42 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौंको ठमेलमा अमेरिकी चेन होटल ‘रमडा इन्कोर’ सञ्‍चालनमा आएको छ । लकडाउनकै अवधिमा निर्माण सम्पन्‍न भएको होटल गएको सातादेखि औपचारिक रुपमा सञ्‍चालनमा आएको हो । 

विश्वव्यापी चेन भएको अमेरिकी कम्पनी विन्दम होटल एण्ड रिसोर्टले ९० देशमा ९ हजार ३ सय होटल सञ्चालन गरिरहेको छ। कम्पनीले नेपालमा भने पहिलोपटक सेवा सञ्चालन गरेको हो । विन्दमको विभिन्न ब्राण्डमध्ये नेपालमा भने मध्यमवर्गीय रमडा ब्रान्ड आएको हो । 

ठमेलमा सेवा प्रारम्भ गरेको होटलमा ९० वटा कोठा छन् । होटलमा २ वटा रेष्टुरेन्ट पनि छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved