चितवनमा पनि खुल्यो केएफसीको आउटलेट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 31, 2021 | 04:58:55 PM मा प्रकाशित

laxmi  sunrise bank

चर्चित अमेरिकी फास्टफुड चेन केएफसीले चितवनमा पनि आउटलेट सुरु गरेको छ । केएफसीले चितवनको भरतपुरस्थित व्यापारिक कम्प्लेक्स सिजी ल्यान्डमार्कमा नयाँ आउटलेट खोलेको हो । 

उक्त आउटलेटको सिजी ल्यान्डमार्कका अध्यक्ष राजेन्द्र अर्याल र म्यानेजर उज्ज्वल केसीले बुधबार उद्घाटन गरेका हुन् । नेपालमा केएफसीको अधिकृत प्रतिनिधि देवयानी इन्टरनेसनल नेपालले उक्त रेस्टुँरा सञ्चालनमा ल्याएको हो ।

विज्ञापन व्यवसायीसमेत रहेका अर्यालले विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डलाई चितवनका उपभोक्तामाझ पु¥याउने सिजी ल्यान्डमार्कको उद्देश्य अनुरुप केएफसीलाई चितवन भित्र्याईएको बताए । पोल्ट्रीको राजधानी मानिने चितवनमा चिकेन परिकारमा विश्वभर ख्याति कमाएको केएफसीको प्रवेशले यहाँको पोल्ट्री व्यवसाय प्रवद्र्धनमासमेत योगदान गर्ने अर्यालको विश्वास छ । 

सिजी ल्यान्डमार्कका म्यानेजर केसीले मल कल्चरमा आकर्षित चितवनबासीलाई केएफसीले अर्को अन्तर्राष्ट्रिय ब्रान्डसँग जोडेको बताए । यसले चितवनको आधुनिक जीवन शैलीमा उचाइ थप्ने उनको भनाइ छ । 

यो रेस्टुँरा १५१५ वर्गफिट क्षेत्रफलमा सञ्चालन भएको छ । यसले एकपटकमा ४० जनालाई सेवा दिन सक्नेछ । रेस्टुँराले सुरुकै दिनबाट ‘टेक अवे’ र ‘मेरो किनमेल’मार्फत होम डेलिभरी सेवा सुरु गरिसकेको छ । 

यो रेस्टुँरामा १५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved