काठमाडौँ म्यारियटद्धारा चक्र स्मृति पाठशालाका विद्यार्थीहरुलाई राहत प्रदान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 12, 2021 | 06:51:11 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना महामारीको यस जटिल परिस्थितीमा काठमाडौँ म्यारियट होटलले चक्र स्मृति (सि.एम) पाठशालाका विद्यार्थीहरुलाई खाद्यान्न र सरसफाईका सामानहरु वितरण गरेको छ । होटलले कतार हर रोयल हाइनेस शेख आश्मा अल थानी र किवानीस इन्टरनेशनल नेपालको संयुक्त सहयोगमा सि.एम.पाठशालालाई विभिन्न सामग्री वितरण गरेको हो ।

मजदुरुहरुको बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्दै आइरहेको सि.एम.पाठशाला गोकर्णेश्वर, जोरपाटीमा अवस्थित एक सानो गैर–नाफामुखी संस्था हो । यस संस्थाले हाल ५५ बालबालिकाहरुलाई शिक्षा प्रदान गर्दै आएको जनाइएको छ ।

म्यारियट इन्टरनेशनलले विभिन्न ३६० कार्यव्रmमहरु म्यारियटकोे मार्गनिर्देशनको पालना गर्दै कामहरु गरिरहेको जनाएको छ । म्यारियटको २०२५ सस्टेनेबिलिटी एण्ड सोसियल इम्प्याक्ट गोल्सको दायरामा रहेर समुदायमा सकारात्मक र दिगो प्रभावको सिर्जना गर्न प्रतिबद्ध रहेको काठमाडौँ म्यारियटले बताएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved