काठमाडौं महानगरपालिकाले ९० प्रतिशत कर छुट दिएकोमा होटल संघको स्वागत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 25, 2021 | 01:28:58 PM मा प्रकाशित

laxmi  sunrise bank

होटल उद्योगको पुनरुत्थान गर्न सम्पत्तिकरमा छुट उपलब्ध गराउने काठमाडौं महानगरपालिकाको निर्णयलाई होटल संघ नेपालले स्वागत गरेको छ । 

कोभिड–१९ को विषम परिस्थितिमा अतिप्रभावित भई विस्तारै लयमा फर्कन लागेको होटल तथा पर्यटन उद्योग दोस्रो लहरको कोभिड–१९ ले संकटग्रस्त अवस्थामा पुगिसकेको समयमा गत वर्षभन्दा थप गरी छुट प्रदान भएको कारणले होटलहरुलाई ठूलो राहत मिलेको संघले जनाएको छ । 

संघले जारी गरेको प्रेष विज्ञप्तिमा भनिएको छ ‘काठमाडौं महानगरपालिकाले होटल संघ नेपालको सुझावलाई मनन गरी गत वर्ष ७५ प्रतिशत र समयमै कर बुझाउनेलाई १० प्रतिशत गरी जम्मा ८५ प्रतिशत छुट उपलब्ध गराएको थियो । कोभिड–१९ को यस अवस्थामामा होटल तथा पर्यटन उद्योग पूर्ववत रुपमा फर्कन अझै ५ वर्ष लाग्ने विज्ञहरुले प्रक्षेपण गरेको समयमा यस उद्योगको संरक्षण र सम्वद्र्धनका लागि आर्थिक वर्ष २०७८÷७९ को लागि काठमाडौं महानगरपालिकाले होटलहरुले बुझाउनु पर्ने सम्पत्ति करमा ८० प्रतिशत र २०७८ पुस मसान्तसम्ममा सम्पत्तिकर चुक्ता गरे थप १० प्रतिशत गरी ९० प्रतिशत कर छुट दिएकोमा संघले महानगरपालिकाका नगरप्रमुखका साथै महानगरपालिका प्रति कृतज्ञता व्यक्त गर्दछु ।’


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved