होटल शारा पोखरामा ५० प्रतिशत छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 20, 2021 | 06:23:50 PM मा प्रकाशित

laxmi  sunrise bank

पोखराको लेकसाइड चौध नम्बर स्ट्रीटमा रहेको होटल शाराले पोस्ट लकडाउन अफर अन्तर्गत ५० प्रतिशत छुट दिने भएको छ । होटलमा  डिलक्स, सुपर डिलक्स, स्विट र प्रेसिडेन्सियल स्वीट्स रुम छन् । 

प्राय रुममा बाथ टब र ज्याकुजी रहेको छ भने ग्राहकले रुफटपमा इन्फिनिटी पुलको मज्जा लिन सक्ने होटलको फ्रन्ट अफिस म्यानेजर सरिता गोलेले जानकारी दिइन् । बाल्कोनी र ज्याकुजी टब रहेको डिलक्स रुममा जोडिले बुकिङ गर्दा ब्रेकफास्ट सहित एक रातको ७ हजारको प्याकेज जम्मा ३ हजार ५ सयमा बुकिङ गर्न सकिने छ ।  

अफर सेप्टेम्बर ३१ सम्म लागू हुने बताइएको छ ।

होटलका बाथरुम जापानीज प्रविधिको वासलेट सिस्टम सहित निर्माण गरिएका छन् । साउनाको समेत सुबिधा भएको होटलमा साठी रुम र कन्फ्रेन्स हल समेत उपलब्ध छन् । 

लेकसाइडकै अग्लो भवनमा रहेकाले होटलबाट फेवाताल, हिमाल र आसपासको आकर्षक दृश्य अवलोकन गर्न सकिन्छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved