विश्व पर्यटन दिवसमा होटल संघ नेपाल सम्मानित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 30, 2021 | 03:31:13 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्व पर्यटन दिवसको अवसरमा होटल संघ नेपाल सम्मानित भएको छ । कोरोनाको असरका समयमा पुर्याएको योगदानको कदर गर्दै होटल संघ नेपाल सम्मानित भएको हो ।

कोभिड–१९ को पहिलो र दोस्रो लहरका कारण अति प्रभावित होटल उद्योगले सर्वत्र ढोका बन्द भएको बखत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड र सीसीएमसीसँगको प्रत्यक्ष सहकार्य गर्दै क्वारेन्टिन, आइसोलेसन तथा अन्य कोभिड रोकथाममा संघले योगदान पुर्याएको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव प्रसाद कोइरालाले होटल संघ नेपालका महासचिव साजन शाक्यलाई सम्मान पत्र प्रदान गरेका हुन् ।

उक्त अवसरमा महासचिव शाक्यले आउँदा दिनहरुमा पनि संघले राज्यलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved