नेपालमा पहिलो ‘हार्ड रक क्याफे’ काठमाडौंमा खुल्दै, के के छन् विशेषता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 01, 2021 | 06:19:11 PM मा प्रकाशित

laxmi  sunrise bank

हार्ड रक क्याफे काठमाडौंमा खुल्ने भएको छ । आउँदो महिनादेखि दरबारमार्गमा अवस्थित शेर्पा मलमा यो क्याफे खुल्ने भएको हे ।

कलाकारहरुको निजी वस्त्र तथा सांगीतीक उपकरणहरुको संग्रहसहति क्याफेले अमेरिकाको प्रसिद्ध मेनु, कक्टेल्स् पनि उपलब्ध गराउने बताएको छ । मलको पहिलो र माथिल्लो तल्लामा संचालनमा आउने यस रेष्टुरेन्टले भित्री भागका साथसाथै बाहिरी छत पनि समेटेको छ । जहाँ बसेर दरबार मार्गको सुन्दर दृश्य अवलोकन गर्दै स्वादिष्ट परिकारहरुको आनन्द लिन सकिनेछ । 

क्याफेको मेनुको सबैभन्दा मुख्य आकर्षण भनेकै बर्गर हो, जसको लागि हार्ड रक प्रसिद्ध छ । यी बर्गरहरुमा चेद्दार चीजसँग मिसाइएको राँगाको मासुसहित, क्रिस्पी अनियन रिङ, लेटस पत्ता र भाइन–रिपेण्ड टमाटर भएको प्रख्यात बर्गर समेत रहेको छ, जसलाई हार्ड रक को मौलिक पहिचान बनेको स्टेक ससका साथ उपलब्ध गराइनेछ ।

यसैगरी मेनुमा ग्रील्ड, ताजा, इच्छाइएको चिकन वा पोलेको मकैको साथमा क्यालिफोर्निया स्टाइलको क्लब–चिकेन, कालो सीमि र आयातित चेद्दार चीजको साथमा सलाद रहनेछ भनें स्याण्डवीचहरु बर्बेक्यू गरिएको चिकन वा ग्रील्ड हनी मस्टर्ड चिकन सबै सिजनिङ गरेर वा चीज फ्राई गरेर पस्किइनेछ ।

मेनुमा संलग्न परिकारहरु मध्ये एक आकर्षण बेबी ब्याक पोर्क रिब्स् पनि हुनेछ, जुन खास गरेर हार्ड रक क्याफे काठमाडौंको लागि डेनमार्कबाट झिकाइएको छ । ७५० ग्राम रिब्स्लाई मौलिक स्पाइस ब्लेण्डसँग सिजनिङ गरिनेछ, त्यसपछि घरेलु बार्बेक्यू ससको साथमा मिसाएर सटिकताको लागि ग्रील्ड गरिनेछ अनि सिजन्ड फ्राइज, कोलस्ल र ¥यान्च स्टाइलका सिमिहरुसँग पस्किइनेछ ।

त्यस्तै क्याफेमा सन् १९४० को हर्रिकेन–ह्वाइट रमको नयाँ ओर्लन्स क्लासिक मिश्रण, सुन्तला, आँप, भुईं कटहरको जुस र चक्काको ब्लेण्ड जसलाई फ्लोट डार्क रम र अमारेट्टोका साथ तयार पारिएको हुन्छ, त्यो लगायत बूजी मिल्कसेकहरु र मौलिक कक्टेलहरुसहितका उत्कृष्ट बियर र वाइनहरुको चयन रहनेछन् ।

क्याफेमा १०० जना स्थानीय कामदारहरु रहनेछन् । यहाँका धेरैजसो खाद्य वस्तुहरु साना, स्थानीय उत्पादकहरुमार्फत् आपूर्ति गरिनेछन् । 

“सन् २०२१ भित्रमा नै हार्ड रक क्याफे काठमाडौं संचालनमा ल्याउनु हाम्रा साझेदारहरुका लागि ठूलो चुनौती भएको छ, र हामी अन्ततः यो सुन्दर, मनोरम नगरी काठमाडौंमा यसप्रकारको प्रख्यात क्याफे संचालन गरिएको घोषणा गर्न पाउँदा गौरवको महसुस गरेका छौं” हार्ड रक इन्टरनेशनलका फ्रेन्चाइज अपरेसन्सका उपाध्यक्ष  एनिबल फर्नान्डेजले भने । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved