हानका पूर्वअध्यक्ष श्रेष्ठको निधन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 25, 2021 | 01:17:07 PM मा प्रकाशित

laxmi  sunrise bank

होटल संघ नेपाल (हान) का पूर्वअध्यक्ष गौतमदास श्रेष्ठको निधन भएको छ । ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा ८३ वर्षीया उनको निधन भएको हो । 

हानले उनको निधनले समग्र पर्यटन उद्यमेगमा अपुरणीय क्षति पुगेको भन्दै दुःख व्यक्त गरेको छ । 

१९९५ सालमा काठमाडौंको तुम्बहालमा पिता दुर्गादास श्रेष्ठ र माता हरिदेवी श्रेष्ठको सन्तानका रुपमा जन्मिएका स्वर्गीय श्रेष्ठले काठमाडौंको दरबारमार्गस्थित शेर्पा होटल र चितवनमा सफारी नारायणी होटल सञ्चालन गरेका थिए । 

उनी सन् १९९३ देखि सन् १९९८ सम्म हानको नेतृत्वमा थिए । 

उनका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved