त्रिशुली रिभरसाइड रिसोर्टको नयाँ वर्ष अफरः र्‍याफटिङदेखि जिपलाइनसम्म भारी छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 28, 2021 | 05:20:25 PM मा प्रकाशित

laxmi  sunrise bank

नजिकिदै गरेको अंग्रेजी नयाँ वर्षको अवसरमा काठमाडौं नजिकैको ‘होलिडे डेस्टिनेसन’ त्रिशुली रिभरसाइड रिसोर्टले विभिन्न प्याकेज तथा छुटहरूको अफर ल्याएको छ । 

काठमाडौबाट पैंसट्ठी किलोमिटर दुरिमा पृथ्वी राजमार्गको मलेखु नजिकै मालिङ्गामा रहेको रिसोर्ट एड्भेन्चर पारखीका लागि प्रसिद्ध छ । न्यु इयर इभ र न्यु इयरको दिनमा लाइभ ब्याण्ड एवम् डिजे पार्टी समेत गरिने बताइएको छ ।

डे पिकनिकको लागि ३ पटकको खानासहित प्रति व्यक्तिको १ हजार ५ सय रुपैयाँको अफर छ भने र्‍याफटिङको लागि निशुल्क फोटो सहित प्रति व्यक्ति ८ सय रुपैयाँको अफर रहेको छ । जिपलाइन राइडको ओपनिङ अफरको रुपमा ३० प्रतिशत छुट सहित १ हजार ५० रुपैयाँको अफर रिसोर्टले ल्याएको रिसोर्टका सन्चालक उद्वब कँडेलले बताए ।

गतिविधि मात्र नभएर रिसोर्टले नयाँ वर्षको अवसर अकोमोडेशनमा पनि छुटको व्यवस्था गरेको छ । बालकनी र कौसी सहितको एसी डिलक्स रुमको ३ हजार ५ सय रुपैयाँ तोकिएको छ । त्यस्तै ग्रुप रुमको भने प्रति व्यक्ति २ हजार २ सय रुपैयाँ तोकिएको छ । त्यस्तै टेन्टको १ हजार ६ सय रुपैयाँ प्रतिव्यक्ति तोकिएको छ । यी सबै आवसिय प्याकेजमा ३ पटकको खाना, डिजे पार्टी र फोटो समावेश हुनेछन् । 

यो सँगै रिसोर्टले गाडीको पनि व्यवस्था गरेको छ । काठमाडौंदेखि रिसोर्ट र रिसोर्टदेखि काठमाडौंको लागि बसमा प्रति व्यक्ति ८ सय रुपैयाँ र सोही रुटमा निजी कार रिजर्भ गर्न चाहेमा ६ हजार ५ सय रुपैयाँ, जीपको लागि १० हजार रुपैयाँ, हायस माइक्रोको लागि १२ हजार ५ सय, मिनी बसको १४ हजार र टुरिस्ट बसको २० हजार रुपैयाँ तोकिएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved