ठमेलको बाराही होटल जेठ ७ देखि संचालनमा आउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 15, 2023 | 02:12:41 PM मा प्रकाशित

laxmi  sunrise bank

बाराही ग्रुपले बनाएको ठमेलको ‘बाराही होटल काठमाडौँ’ जेठ ७ गतेबाट संचालनमा आउने भएको छ । जेठ ७ गतेबाट होटल ‘सफ्ट ओपन’ हुनेछ।

होटलका सञ्चालक विप्लव पौडेल हुन् । पोखराबाट उदाएको बाराही ग्रुपले बनाएको यो होटलमा सुरुवातमा ५० प्रतिशत कोठा विक्री गर्ने योजना रहेको पौडेलले बताए । होटलमा ८० कोठा छन् । सुरुवातमा कोठाको ‘प्रोमोसनल फेयर’ सय डलर राखिएको छ । 

बाराही समूहले ठमेल प्रवेश गर्ने बिन्दुमै जग्गा भाडामा लिएर व्यवसायिक कम्प्लेक्स सहितको होटल बनाएको हो । भुइँ तल्लादेखि तीन तल्लासम्म अफिस र ब्राण्डेड सपहरु छन् भने तीन तल्लादेखि होटल छ ।

होटलमा ८ वटा स्वीट्स् र ७२ वटा डिलक्स रुम छन् । कफी सप, रेष्टुरेण्ट र बार पनि छ । ८औँ तल्लामा इन्फिनिटी स्वीमिङ पुल राखिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved