मौद्रिक नीतिको समीक्षामा होटल व्यवसायी खुशी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 16, 2023 | 12:52:33 PM मा प्रकाशित

laxmi  sunrise bank

होटल संघ नेपाल (हान)ले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षामार्फत राष्ट्र बैंकले लिएको नीतिको स्वागत गरेको छ । होटल क्षेत्रलाई कर्जा व्यवस्थापनमा राहत दिने उद्देश्यले २०८० असार मसान्तसम्म कर्जाको पुनर्संरचना र पुनर्तालिकीकरण गर्न पाउने व्यवस्था गरिदिएपछि होटल व्यवसायीले मौद्रिक नीतिको स्वागत गरेका हुन् । 

संघको काठमाडौंमा सम्पन्न कार्यकारिणी परिषद् बैठकले मौद्रिक नीतिको समीक्षामार्फत घोषणा गरिएका प्रावधान छिटो लागु गर्न कार्यविधि र निर्देशिका बैंक तथा वित्तीय संस्थालाई परिपत्र गरिनुपर्ने माग गरेको पनि छ । राष्ट्र बैंकबाट घोषित नीति र निर्देशन बैंक तथा वित्तीय संस्थाबाट हुबहु कार्यान्वयनको वातावरण बनाउन हानले माग गरेको छ ।

संघले आगामी जनवरीमा नेपाल आतिथ्य दिवस आयोजना गर्ने निर्णय गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved