
अन्तर्राष्ट्रिय चेन होटलको रुपमा प्रसिद्ध मर्क्योर नेपालमा भित्रिएको छ। काठमाडौंको सुकेधारा हाइट्समा तीन अर्ब लगानीमा सञ्चालनमा ल्याइएको मर्क्योर होटलको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन्। मर्क्योर होटल सन् १९७३ देखि ६० भन्दा बढी देशहरूमा फैलिएको छ र एकोर समूहसँग साझेदारीमा ५,७०० भन्दा बढी होटलहरू सञ्चालन गर्दै आएको छ।
मर्क्योर काठमाडौँ सुकेधारा हाइट्स होटलका कोठाहरूमा काठमाडौँको प्राकृतिक दृश्य र परम्परागत नेपाली सजावटसँग आधुनिक डिजाइनको मिश्रण छ, जसले समृद्ध नेपालको संस्कृति र सम्पदा झल्काउँछ। होटलका सुविधाहरूमा अत्याधुनिक सुविधाहरू, प्राकृतिक प्रकाश, फराकिलो दृश्यावली र हिमालहरूको मनोरम दृश्य समेटिएका कोठाहरू छन्।
होटलमा विभिन्न प्रकारका भोजनको अनुभव पनि उपलब्ध छ। डाइन रेस्टुरेन्टले अन्तर्राष्ट्रिय र स्थानीय स्वादका पकवानहरू प्रदान गर्दछ भने सोप्रा इटालियनले इटालियन खाना र जाइकाले भारतीय परिकारहरू प्रस्तुत गर्दछ। आरामदायिक वातावरणका लागि शुक्र बारमा रूफटप लाउन्ज र इन्फिनिटी पूलको सुविधा पनि उपलब्ध छ। साथै, स्टीम र साउना सहितको फिटनेस सेन्टरले पाहुनालाई शारीरिक र मानसिक रूपमा पुनः ताजगी दिने काम गर्छ।
यसरी, मर्क्योर काठमाडौँ सुकेधारा हाइट्सले उत्कृष्ट सेवा, सुविधा र नेपाली संस्कृति मिश्रित अनुभव प्रदान गर्दै नेपालको पर्यटन क्षेत्रमा नयाँ आयाम थपेको छ।