होटल तथा पर्यटन रिसोर्टलाई उद्योगको मान्यता स्वागतयोग्यः होटल संघ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 17, 2025 | 01:47:25 PM मा प्रकाशित

laxmi sunrise bank

सरकारले अध्यादेशमार्फत तारेस्तरका होटल तथा पर्यटन रिसोर्टलाई उद्योगको मान्यता दिएपछि होटल संघ नेपाल (हानले) स्वागत गरेको छ ।

सरकारले ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१’ मार्फत तारेस्तरका होटल तथा पर्यटन रिसोर्टलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगमा सूचीकृत गरेको छ । 

सरकारको उक्त निर्णयले दशकौँ अघिदेखि होटललाई राष्ट्रिय प्राथमिकताप्राप्त उद्योगको मान्यता प्राप्त गर्नका लागि संघले गरेको अथक प्रयास र पहल सम्बोधन भएको संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

यसै गरी संघको ४९औं वार्षिक साधारण सभाले होटल संघ नेपालको विधानलाई संशोधन गरी सातै प्रदेश र ७७ जिल्लामा संघको सक्रिय उपस्थितिसहित सेवा प्रवाहको प्रभावकारिताको लागि संघीय संरचनामा लैजाने प्रस्ताव पनि पारित गरेको छ । सोही अवसरमा होटल संघ नेपालले सत्कार दिवस, २०२५ को पनि आयोजना गरेको थियो ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved