सर्वाधिक चासोको बाफिया सहित ४ विधयेक संसदमा पेश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 04, 2020 | 02:48:16 PM मा प्रकाशित

अर्थमन्त्री डा. युवराज खतिवडाले चार विधेयक संसदमामा पेश गरेका छन्। मन्त्री खतिवडाले प्रतिनिधिसभाको मंगलबारको बैठकमा छलफलको लागि यी विधयेक संसदमा पेश गरेका हुन् । 

खतिवडाले 'सार्बजनिक ऋण ब्यबस्थापन विधयेक, २०७६', बैंक तथा वित्तीय संस्था सम्बन्धि (पहिलो संशोधन) विधयेक, २०७६', नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधयेक, २०७६' र धितोपत्र सम्बन्धि (पहिलो संशोधन) विधयेक २०७६' संसदमा पेश गरेका हुन् । यी विधयेक गत भदौ मै संसदमा दर्ता भएका थिए । 

विधयेक संसदमा पेश भएसंगै अब यी विधयेक माथिको प्रक्रिया अगाडी बढ्ने छ । सुरुमा विधयेक माथि प्रारम्भिक छलफल हुनेछ र विधयेक अर्थ समितिमा दफावार छलफलको लागि जाने छ । सांसदहरुले यसमा संसोधनको लागि प्रस्ताव गर्न सक्ने छन् । समितिले दफावार छलफल गरेर विधयेक पारित गरेपछि संसदको पूर्ण बैठकले विधयेक पारित गर्नु पर्नेछ । संसदको दुवै सदनले पारित गरेपछि र राष्ट्रपतिले प्रमाणिकरण गरेपछि यो कानुनको रुपमा लागु हुने छ । 

यी ४ विधयेक मध्ये बैंक तथा वित्तीय संस्था सम्बन्धि विधेयकमा सर्वाधिक चाँसो छ। यो विधयेकमा संचालकको उमेर हद, शैक्षिक योग्यता, लगायतका विषय समेटिएको छ भने सीइओको कार्यकाल समबन्धि पनि नयाँ ब्यबस्था गरिएको छ  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved