आइतबार राजधानीका यी स्थानमा २ घण्टा बत्ति नआउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 09, 2020 | 12:23:16 PM मा प्रकाशित

laxmi  sunrise bank

आइतबार राजधानीका विभिन्न स्थानमा २ घण्टा विद्युत आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार महाराजग‌ंज  वितरण केन्द्रको ओम  फिडरबाट वितरीत लाइनमा २ घण्टा अवरोध आहुने भएको हो  ।

उक्त फिडर अन्तर्गत सुकेधारा, न्युकाेलाेनी, ढलाने पुल, निलाे पुल लगायतका क्षेत्रहरुमा दिउँसो १२ बजे देखि २ बजेसम्म विद्युत आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको हो  । प्राधिकरणका अनुसार  चक्रपथ विस्तार कार्यकाे लागी नेपाल वन निगम लिमिटेडले रुख कटान  गर्न लागेकोले बिद्युत बन्द गर्नु परेको हो। 

रुख कटान कार्य निर्धारित समय अगावै सम्पन्न भएमा साे समय भन्दा अगावै लाइन सुचारु हुने प्राधिकरणले जनाएको छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved