४ दिन उपत्यकाका यी स्थानमा ८ घण्टा बत्ति नआउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 15, 2020 | 09:45:06 AM मा प्रकाशित

laxmi  sunrise bank

उपत्यकाका विभिन्न स्थानमा फागुन ३, ५, ७ र १० गते ८ घण्टासम्म विद्युत आपूर्ति बन्द हुने भएको छ  ।  नेपाल विद्युत प्राधिकरणका अनुसार यी ४ दिनमा पुल्चोक वितरण केन्द्र अन्तर्गतको फर्पिंग फिडरबाट बिजुली आपूर्ति हुने स्थानमा बत्ति नआउने भएको हो  । 

प्राधिकरणका अनुसार उक्त फिडरको ११ केभी लाइन अपग्रेड गर्नु पर्ने भएकोले बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म बिद्युत आपूर्ति बन्द गर्न लागिएको हो  । निर्धारित समय अगावै काम सकिए सो अगाडी नै विद्युत नियमित सुचारु हुने प्राधिकरणले जनाएको छ  । 

प्राधिकरण अनुसार उल्लेख गरिएका ति दिनमा फर्सीडोल, डुकुछाप, दनुवार वस्ती, जोर्खु, घुसेल, खोलाखेल क्षेत्र लगायत त्यस फिडरबाट सप्लाई लिएका ग्राहक प्रभावित हुने छन्  । 

त्यस्तै प्राधिकरणले आज शनिवार डाछी फिडरबाट बिद्युत वितरण भएका माकल्बारी र दक्षिण ढोका क्षेत्रमा बिहान ९ बै देखि २ बजे सम्म बिद्युत आपूर्ति बन्द हुने जनाएको छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved