राजधानीका यी स्थानमा २ दिन ६ घण्टा बत्ति नआउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 23, 2020 | 06:32:36 PM मा प्रकाशित

laxmi  sunrise bank

राजधानीका विभिन्न स्थानमा २ दिन विद्युत आपूर्ति बन्द हुने भएको छ । कुलेश्वर वितरण केन्द्र अन्तर्गतकाे कलंकी देखी ढुंगेधारा सम्मकाे चक्रपथ विस्तार कार्यकाे लागि स्वीचाटार‌- स्वयम्भु  फिडरबाट वितरीत एच टी लाइनकाे जम्पर छुटाइ   कार्य गर्नुपर्ने भएकाेले २ दिन आपूर्ति प्रभावित हुने नेपाल विद्युत प्राधिकरणले जनाएको हो ।

प्राधिकरणका अनुसार चैत्र ११ र १२ गते विहान ११ बजेबाट साँझ ५ बजेसम्म सट डाउन हुने छ  । यसबाट उक्त फिडर अन्तर्गत बुढाथाेकी काेल्ड स्टाेर ,मुसलवान टाेल, बुढानिलकण्ठ मन्दिर, टेम्पाे पार्क, सिभिल हाेम्स, टाैखेल, अलाकत्रा फेक्ट्री लगायत यस फिडरबाट सप्लाइ लिएका  क्षेत्रहरुमा विद्युत आपूर्ति हुने छैन  ।

 कार्य निर्धारित समय अगावै सम्पन्न भएमा साे समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने प्राधिकरणले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved