सामाजिक दुरी कायम नभएको भन्दै बुटवलमा तरकारी बजार नै बन्द

चन्द्रकान्त खनाल

चन्द्रकान्त खनाल

Apr 04, 2020 | 05:10:32 PM मा प्रकाशित

laxmi  sunrise bank

मापदण्ड अनुसार किनमेल नभएको गुनासो आए लगत्तै बुटवल उपमहानगरपालिकाले बुटवल कृषि थोक बजार केन्द्र बन्द गर्ने भएको छ । उक्त केन्द्रको सन्चालक समितिको चैत २२ गते शनिबार बसेको वैठकको निर्णय अनुसार केन्द्र बन्द गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

हरियो साग सब्जि तरकारीको सुरक्षित कारोवार गर्ने भन्दै खुला राखिएकोमा हाल उक्त कारोवारमा बढि भिडभाड गरि कारोवार भइरहेकाले बन्द गर्नुपरेको उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले बताए । उपमहानगरपालिकाले सामाजिक दुरि कायम गराउन गरेको पटकपटकको आग्रहसमेत अटेरी गरेकाले चैत २५ गतेसम्मका लागि केन्द्र बन्द गर्न निर्देशन दिइएको प्रमुख सुवेदीले बताए । केन्द्रका ब्यबसायिक सटरहरुमा स्थानीय उत्पादनका ताजा तरकारी बिक्रीवितरण हुँदै आएको थियो ।

भिड बढेपछि तिनै सटरहरु बन्द गर्ने निर्णय गर्दै विभिन्न चोकहरुमा भने सामाजिक दुरी कायम राख्दै ताजा तथा हरियो तरकारी बेचबिखन गर्ने व्यवस्था मिलाइएको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले जानकारी दिए। विभिन्न चोकहरुमा स्थानीय उत्पादनका हरियो सागपात र तरकारीको बेचबिखनमा सामाजिक दुरी कायम भए नभएको अनुगमन गर्न कृषि विकास शाखा प्रमुख सन्तोष जिसीलाई जिम्मेवारी दिइएको समेत बुटवल उपमहानगरले जनाएको छ ।

उक्त केन्द्रमा दैनिक करिव ७ सय ८ सय जना ब्यापारीको जमघट हुने गरेको पाइएपछि उपमहानगरले बन्द गराएको हो । केन्द्रमा धेरैजसो छिमेकि मुलुकबाट तरकारी आउने गर्छ । बुटवलले यसअघि नै बाहिरबाट आउने सबैखाले तरकारी र सामनमा रोक लगाइसकेको थियो। तर, विभिन्न नाकाबाट लुकिछिपी सामन ल्याउने र भिड जम्मा गर्न थालेपछि उपमहानगरपालिकाले तत्कालै बन्द गराएको हो ।

स्थान तोकेर स्थानीय उत्पादनका हरियो तरकारी सुरक्षित रुपमा सामाजिक दुरी कायम गरेर बेचबिखनको व्यवस्था मिलाइएको उपमहानगरले प्रवक्ता रामप्रसाद रेग्मीले बताए । उनले स्थानीय उत्पादन भएनभएको समेत अनुगमन हुने गरे । उपमहानगरपालिकाका सबै वडामा राहत वितरणका काम जारी रहेको बताउँदै प्रवक्ता रेग्मीले मनकारीहरुले सहकार्य गरिरहेको पनि बताए । बुटवलले दैनिक ज्यालादारीमा जीविकोपार्जनका गर्दै आएका ६ हजार पाँच सय श्रमिकका परिवारलाई राहत प्याकेज घोषणा गर्दै सबै टोलहरुमा वितरण जारी राखेको छ ।

बुटवलको विपद् व्यवस्थापन तथा राहत कोषमा रकम संकलन हुने क्रम समेत जारी छ । ५० लाख रहेको उक्त कोषमा विभिन्न संघसंस्था तथा नागरिक अगुवाहरुले दुई दिनमा झण्डै आठ लाख रकम जम्मा गरेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved