कोरोना परिक्षणमा आक्रामक नीति, ३ जिल्लामा तत्काल 'र्यापिड टेष्ट' गरिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 04, 2020 | 08:43:34 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले ३ वटा जिल्लामा तिब्र स्तरमा कोरोना भाइरस (कोभिड–१९) को  परिक्षण गर्ने भएको छ । मन्त्रिपरिषदको शनिबार बसेको बैठकले  कैलाली, कञ्चनपुर र बागलुङमा कोरोना भाइरस (कोभिड–१९) को र्‍यापिड टेष्ट गर्ने निर्णय गरेको हो । यी क्षेत्रमा एकै दिन ३ जना संक्रमित देखिएपछि सरकारले टेस्ट बढाउने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता डा. युवराज खतिवडाले यी जिल्लामा संक्रमितलाई छिटो पत्ता लगाउन 'र्‍यापिड डाएगोनेस्टिक टेस्ट' गर्ने निर्णय भएको बताएका हुन्  । शंकास्पद व्यक्तिलाई यस्तो टेस्ट गरेर पीसीआर विधिबटा पुन: परिक्षण गरी संक्रमित पत्ता  लगाउने निर्णय भएको उनले बताएका हुन् । 

त्यस्तै सरकारले लकडाउनमा थप कडाइ गर्दै एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्कोमा जान नदिने निर्णय गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved