गोकर्ण विष्टको पहलमा पीपीई सहित स्वास्थ्य सामग्री गुल्मी पठाइयो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 08, 2020 | 12:16:46 PM मा प्रकाशित

laxmi  sunrise bank

पुर्व मन्त्री एवं गुल्मी क्षेत्र नम्बर २ का संघीय सांसद गोकर्ण बिष्टको पहलमा स्वास्थ्य सामग्री पठाईएको छ। विष्टको पहलमा स्वास्थ्यकर्मीलाई अति आवश्यक पर्ने पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट ९पीपीई० र अन्य स्वास्थ्य सामग्री गुल्मी पठाईएको हो। 

उक्त सामग्री गुल्मीका १२ वटा पालिकामा रहेका स्वास्थ्य संस्था र जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा एम्बुलेन्स चालकलाई वितरण हुने सांसद विष्टको सचिवालयले जनाएको छ। 

काठमाण्डौमा जोहो गरेर पठाएको स्वास्थ्य सामग्रीले स्वास्थ्यकर्मी तथा एम्बुलेन्स चालकको सुरक्षाको साथै आत्मबल बढ्ने बिश्वास गरिएको छ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved