नेपाल मै तयार भयो कोरोना संक्रमित ट्रेस गर्न एप्स, अरु के-के छन् विशेषता ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 09, 2020 | 04:57:35 PM मा प्रकाशित

laxmi  sunrise bank

युवा अनुसन्धानकर्ता राम लक्ष्मण रिमालको टोलीले कोरोना भाइरस नियन्त्रण तथा रोकथाममा सहयोग गर्ने नयाँ एप्लिकेशन विकास गरेको छ । रामलक्ष्मण इनोभेसन्स प्रा.लि.ले मोबाइल तथा कम्प्युटर सफ्टवेयरको विकास गरेको हो । 

यसबाट लकडाउनको पालनामा बसेका, सेल्फ क्वारेन्टाइनमा रहेका, हस्पिटलमा भर्ना भएका आम सर्वसाधारणहरुले हस्पिटल नगई घरमै बसेका विज्ञ चिकित्सक सँग आफ्नो स्वास्थ समस्या राख्न सक्ने र त्यसको दैनिक विवरण पछि पनि हेर्न सकिने सुविधा छ । साथै संक्रमित को को व्यक्तिसंग सम्पर्कमा आयो भन्ने पहिचान गर्न कन्ट्याक्ट ट्य्राकिङको समेत विशेषता रहेको कम्पनीका संचालक लक्ष्मण रिमालले बताएका छन् । 

रिमालका अन्सुअर ९ प्राविधिक सहितको समुहले २५ दिन लगाएर यो सफ्टवेयर तयार पारेको हो । यसबाट बिरामीले प्रविष्ठ गरेका आफ्ना स्वास्थ्य समस्याका विषयमा विशेषज्ञ चिकित्सक बाट राय सल्लाह तथा उपचारविधि बिरामीले प्राप्त गर्न सक्नेछन् । यसको लागि मोबाइल एपमार्फत डाटा प्रविष्ठ गर्ने, रिपोर्ट तथा तथा बेव बेस्ड लिंक मार्फत विस्तृत रिपोर्ट (चाहेको ढाँचामा) तयार गर्न सकिने उनले बताए। 

रिमालले यो सफ्टवेयर मुख्य रुपमा लकडाउनमा बसेका आम सर्व साधारणहरुसँग विज्ञ चिकित्सक र सरकारी अधिकारीलाई जोड्ने बताए । उनका अनुसार यसमा बिरामीले दैनिक आफ्नो स्वास्थ्यको अवस्था राख्न पाउने र त्यसको दैनिक विवरण रहन्छ, त्यस्तै यसमा बिरामीको आफ्नो लोकेसन र   यात्रा विवरण रहन्छ ।  उनीहरुले डाक्टरसँग परामर्श लिन, कोरोना सँग संबन्धित विवरण हेर्न , नेपाल सरकारबाट जारी सूचना हरु प्राप्त गर्न सक्ने छन् । 

यसबाट डाक्टरले विरामीको पुरानो दैनिक विवरण प्राप्त गरी प्राथमिकता क्रम अनुसारको नामावली देख्न सक्ने, विरामीले भरेको विवरण बाट सल्लाह प्रदान गर्न सकिने,  संदिग्ध विरामीको विवरण सरकारले तोकेका अस्पताल तथा स्वास्थ संस्थामा दिन सकिने लगायतका सुबिधा रहेको संचालक रिमालले बताए।

एपको मुख्य विशेषता भनेको संक्रमितको ट्रेसिङको सुविधा हो । एपबाट सरकारी अधिकारीले आफ्नो स्थानीय तह अनुसार लकडाउनमा बसेका, संक्रमित जस्ता व्यक्तिहरुको विवरण हेर्न सकिने र नक्शामा समेत संक्रमितलाई ट्रेस गर्न सक्ने छन् । तर यसको लागि संक्रमितहरुले र क्वारेन्टाईनमा बसेकाहरुले आफ्नो विवरण भर्नु पर्ने छ । संचालक रिमाल भन्छन् 'यो आफ्नो लागि मात्र नभई पुरै समाज र देशको लागि हो, आफ्नो विवरण भर्दा आफैलाई पनि के के भएछ भन्ने जानकारी हुन्छ भने यसले अरुलाई रोग सार्न दिदैन' । ट्रेसिङको लागि जीपीएस प्रविधि प्रयोग गरिएको र यसको माध्यमबाट संक्रमित व्यक्ति कहाँ कहाँ गए , ककसलाई कसलाई भेटे भन्ने बारे थाहा हुन्छ ।

यी बाहेक यसमा अत्यावश्यक नम्बरहरु, नेपाल सरकारका सुचनाहरु, समाचारहरु, घोषणाहरु, जानकारी, लगायत अन्य सचेतनामुलक र जनचेतनामुलक समगारिक समावेश छन् । सरकारले पनि यस्तै प्रकृतिको एप बनाएको तर त्यसमा ट्रेसिङको सुविधा नरहेको र यसलाई सरकारले प्रयोग गर्न सक्ने संचालक रिमालले बताए ।

उनले आफ्नो चाहना नै सरकारले यो एप प्रयोग गरेर कोरोनाको रोकथाम र नियन्त्रण गरोस भन्ने चाहना गरेको बताए । उनले भने ' यो एप हामी सरकारलाई दिन तयार छौ, सरकारले बनाएको एप केहि अपूर्ण छ, हाम्रो एप पूर्ण भए जस्तो लाग्छ, यसमा सरकारले अर्थव अरु कोहिले केहि थप गरेर प्रयोगमा ल्याउन पनि सक्छ, थपिने फिचर्स बनाउन हामी आफै पनि तयार छौ' । यसबाट यदि कोहिलाई आफुलाई संक्रमणको शंका लागेमा आफुलाई भएको लक्षणहरु प्रविष्ट गरी संक्रमणको सम्भावना रहे नरहेको हेर्न सक्ने छन् ।

जीपीएस प्रविधि प्रयोग गरी हुने ट्रेसिङ सरकारी अधिकारीले मात्र हेर्न मिल्ने उनले स्पष्ट पारे । 

हेर्नुस भिडियो : 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved