रुपन्देहीमा तिलोत्तमालाई धेरै बजेट, ७ पालिकामा विशेष अनुदान शून्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 31, 2020 | 09:28:11 AM मा प्रकाशित

laxmi  sunrise bank

रुपन्देहीका १६ स्थानीय तह मध्ये तिलोत्तमा नगरपालिकाले संघीय सरकारबाट सबै भन्दा धेरै बजेट पाउने भएको छ  । संघीय सरकारले आगामी आर्थिक वर्ष २०७७÷ ७८ लागि विनियोजन गरेको बजेटबाट तिलोत्तमाले धेरै रकम पाउने भएको हो । 

अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेको आर्थिक बर्ष २०७७÷०७८ को बजेटमा सरकारी वित्तीय हस्तान्तरण अन्तर्गत जिल्लाका सबै पालिकाहरुका लागि ६ अर्ब ३३ करोड ५५ लाख रुपैया बिनियोजन गरिएकोमा तिलोत्तमाले सबैभन्दा बढी ७१ करोड ९१ लाख बजेट प्राप्त गरेको छ । सरकारले ससर्त, समानीकरण, समपुरक र बिशेष अनुदान समेत गरी बजेट विनियोजन गरेको हो । रुपन्देहीमा समानीकरण अनुदानतर्फ २ अर्ब ४६ लाख ९५ हजार, ससर्त अनुदानतर्फ ३ अर्ब ६३ करोड ५५ लाख, बिशेष अनुदानतर्फ १४ करोड ३० लाख र समपुरक अनुदानतर्फ ८ करोड ७५ लाख रुपैया बिनियोजन गरिएको छ ।

सबै भन्दा बढी बजेट प्राप्त गरेको तिलोत्तमाका लागि समानीकरण अनुदानतर्फ २३ करोड २२ लाख, सशर्त अनुदानतर्फ ४७ करोड ६९ लाख र विशेष अनुदान तर्फ १ करोड बजेट प्राप्त भएको हो ।  जिल्लाका ७ वटा स्थानीय निकायले विशेष अनुदान प्राप्त गरेका छैनन् । विशेष अनुदान शून्य भएका स्थानीय निकायहरु देवदह नगरपालिका, सिद्धार्थनगर नगरपालिका, ओमसतिया गाउँपालिका, मर्चवारी गाउँपालिका, रोहिणी गाउँपालिका र रम्मरीमाई गाउँपालिका रहेका छन् । यसैगरी १२ पालीकाहरुमा समपुरक अनुदान तर्फको बजेट शून्य रहेको छ ।

जिल्लाको एक मात्र उप महानगरपालिका बुटवलले आव २०७७÷७८ का लागि ७१ करोड ४६ लाख बजेट प्राप्त गरेको छ । जस अन्तरगत समानीकरण अनुदानतर्फ ३० करोड ८ लाख, सशर्त अनुदानतर्फ ३९ करोड ८८ लाख र विशेष अनुदानतर्फ १ करोड ५० लाख प्राप्त गर्ने भएको हो । यस्तै गरी देवदह नगरपालिकाले ४० करोड ६६ लाख बजेट प्राप्त गरेको छ । देवदहले समानीकरण अनुदान तर्फ १५ करोड २९ लाख, सशर्त अनुदान तर्फ २३ करोड ७८ लाख र १ करोड ५९ लाख समपुरक अनुदान प्राप्त गरेको हो । 

यस्तै सैनामैना नगरपालिकाले समानीकरण अनुदान तर्फ १२ करोड १ लाख, सशर्त अनुदान तर्फ २४ करोड ६ लाख, विशेष अनुदान तर्फ ३ करोड गरी ३९ करोड ७ लाख पाउने छ । लुम्विनी सांस्कृतीक नगरपालिकाले समानीकरण अनुदान तर्फ १८ करोड १९ लाख, सशर्त अनुदान तर्फ ३० करोड ४३ लाख गरी ४८ करोड ६२ लाख रुपैया पाउने छ भने सिद्धार्थनगर नगरपालिकालाई समानीकरण अनुदान तर्फ १७ करोड ७५ लाख, सशर्त अनुदान तर्फ २८ करोड ९० लाख र समपुरक अनुदान तर्फ ४ करोड गरी ५० करोड ६५ लाख बिनियोजन गरिएको छ ।

आव २०७७÷७८ का लागि जिल्लाका गाउपालिकाहरु मध्ये सबैभन्दा बढी गैडहवा गाउपालिकालाई ३५ करोड ३२ लाख बजेट बिनियोजन गरिएको छ । उक्त गाउपालिकाले समानीकरण अनुदान तर्फ १३ करोड ७८ लाख, सशर्त अनुदान तर्फ १७ करोड ८८ लाख, विशेष अनुदान तर्फ २ करोड २० लाख र समपुरक अनुदान १ करोड ५६ लाख पाउने छ । ओमसतिया गांउपालिकाले समानीकरण अनुदान १२ करोड र सशर्त अनुदान तर्फ १३ करोड १७ लाख गरी २५ करोड १७ लाख, कञ्चन गाउ पालिकाले समानीकरण अनुदान तर्फ ११ करोड ६७ लाख, सशर्त अनुदान तर्फ २० करोड १७ लाख, विशेष अनुदान तर्फ १ करोड ९० लाख तथा समपुरक अनुदान ७२ लाख गरी ३४ करोड ४६ लाख पाउने छ ।

यसैगरी कोटहीमाई गाउपालिकालाई समानीकरण अनुदान तर्फ १३ करोड १ लाख, सशर्त अनुदान तर्फ १४ करोड ५७ लाख र विशेष अनुदान तर्फ १ करोड २० लाख गरी २८ करोड ७८ लाख, मर्चवारी गाउपालिकालाई समानीकरण अनुदान तर्फ १२ करोड ४१ लाख, सशर्त अनुदान तर्फ १५ करोड २८ लाख गरी २७ करोड ६९ लाख, मायादेवी गाउपालिकालाई समानीकरण अनुदान १४ करोड ५ लाख, सशर्त अनुदान तर्फ १७ करोड १९ लाख, विशेष अनुदान तर्फ १ करोड गरी ३२ करोड २४ लाख, तथा रोहीणी गाउपालिकालाई समानीकरण अनुदान तर्फ १२ करोड २६ लाख, सशर्त अनुदान तर्फ १८ करोड २९ लाख, समपुरक तर्फ ८८ लाख गरी ३१ करोड ४३ लाख, बिनियोजन गरिएको छ ।

शुद्धोधन गाउपालिकालाई समानीकरण अनुदान ११ करोड ९४ लाख,सशर्त अनुदान तर्फ १७ करोड ३८ लाख, विशेष अनुदान तर्फ १ करोड ५० लाख गरी ३० करोड ८२ लाख र समरीमाई गाउपालिकालाई समानीकरण अनुदान तर्फ १६ करोड ६७ लाख, सशर्त अनुदान तर्फ १४ करोड ५८ लाख, गरी ३१ करोड २५ लाख र सियारी गाउपालिकालाई समानीकरण अनुदान तर्फ १२ करोड ६२ लाख, सशर्त अनुदान तर्फ २० करोड ४० लाख, विशेष अनुदान तर्फ १ करोड गरी ३४ करोड रुपैया बिनियोजन गरिएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved