शुक्रबार थप २२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२४ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ७७१ पुगेको छ । पछिल्लो २४ घण्टामा १० हजार ७६८ जनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
हालसम्म १४ हजार ३९९ जना उपचार पश्चात निको भएका छन् । संक्रमितमध्ये ५६ जनाको मृत्यु भएको छ ।