महिला सहयात्रा लघुवित्तको साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 05, 2020 | 08:21:41 AM मा प्रकाशित

laxmi  sunrise bank

महिला सहयात्रा लघुवित्त वित्तीय संस्था Mahila Sahayatra Microfinance Bittiya Sanstha Limited ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले थाहा नगरपालिका ९ , चित्लाङमा रहेको आफ्नै केन्द्रीय कार्यालयमा सभा आह्वान गरेको हो । कम्पनीले यस अघि चैत २२ मा बोलाएको साधारणसभा कोभिडको कारण रोकिएपछि कम्पनीले पुन: सभा आह्वान गरेको हो । 

कम्पनीको सभाले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ७ दशमलव ५ प्रतिशत नगद पारित गर्ने छ । कम्पनीको हाल चुक्ता पुँजी १२ करोड १० लाख छ । १० प्रतिशत वोनस वितरणपछि पुँजी १३ करोड ३१ लाख पुग्नेछ । साथै, कम्पनीको सभाले सर्वसाधारण तर्फबाट दुई जना संचालकको निर्वाचन गर्ने छ । कम्पनीले अन्य कुनै लघुवित्त कम्पनीसँग गाभ्ने गाभिने प्राप्ति गर्ने तथा सेयर स्वाप रेशियो सम्बन्धमा छलफल गर्न संचालक समितिलाई अख्तियारी दिने छ । 

कम्पनीले साधारण सभाको लागि चैत ४ गते सेयरधनी दर्ता किताब बन्द गर्न लागेको छ । चैत ३ गतेसम्म कायम सेयधनीले सभामा भाग लिन र लाभाँंश पाउन सक्नेछन् । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved