आइतबार राजधानीका यी स्थानमा ४ घण्टा बत्ति नआउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 22, 2020 | 04:30:46 PM मा प्रकाशित

laxmi  sunrise bank

आइतबार राजधानीका विभिन्न स्थानमा विद्युत आपूर्ति बन्द हुने भएको छ  । आइतबार पुल्चाेक वितरण केन्द्रकाे टेकु रि‌गराेड  फिडरबाट वितरीत ११ के भी  लाइनमा नयाँ फिडर तान्ने   कार्य गर्नुपर्ने भएकाेले  आइतबार विहान ११ बजेबाट दिउँसाे  ३ बजेसम्म सट डाउन हुने हुँदा उक्त फिडर अन्तर्गत आपूर्ति हुने विद्युत अबरुद्द हुने भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार बागडाेल एरीया  आसपास, सनराइृज टावर अफलाेडल, सानेपा रिग‌राेड बाहिर , खाद्य गाेदाम आसपास , चाइनिज क्याम्प  एरिया लगायत पुल्चाेक वितरण केन्द्रकाे टेकु रि‌गराेड  फिडरबाट सप्लाइ लिएका  क्षेत्रहरुमा सो समयमा विद्युत आपूर्ति बन्द हुने छ । 

उक्त कार्य निर्धारित समय अगावै सम्पन्न भएमा साे समय भन्दा अगावै लाइन सुचारु हुने प्राधिकरणले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved