चोक चोकमा चिटिक्क परेका ‘डमी’ ट्राफिक (फोटोफिचर)

गणेश श्रेष्ठ

गणेश श्रेष्ठ

Sep 02, 2020 | 04:59:24 PM मा प्रकाशित

laxmi  sunrise bank

महानरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका विभिन्न स्थानमा डमी ट्राफिक राखेको छ । महाशाखाले ट्राफिक सचेतना अभिवृद्धिको लागि उपत्यकाका विभिन्न स्थानका सडक छेउमा २२ वटा डमी ट्राफिक राखेको हो ।

सडक शिक्षा कार्यक्रमलाई प्रभावकारी रुपमा लागू गरी सडक दुर्घटना न्यूनिकरण गर्नका लागि डमी ट्राफिक राखिएको महाशाखाले जनाएको छ । डमीको हातमा ट्राफिक नियम उल्लङ्घन गरेमा  पाँच सय देखि दश हजारसम्म जरिवाना हुने जानकारी लेखिएको छ ।

टाढाबाट हेर्दा ट्राफिक प्रहरी जस्तै देखिने भएकाले सवारी चालकले आफ्नो सवारी साधनको गति नियन्त्रण गर्ने, ट्राफिक नियमको पनि पालना गर्ने भएकाले दुर्घटना हुने सम्भावना कम हुने महाशाखाको विश्वास छ।

हेर्नुस् फोटो फिचर: 











Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved