असोज १५ बाट सहुलियत मूल्य पसल सञ्चालन हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 28, 2020 | 02:17:04 PM मा प्रकाशित

laxmi  sunrise bank

असोज १५ गतेदेखि आगामी मंसिर ७ गतेसम्म सहुलियत मूल्यको पसल सञ्चालन हुने भएको छ । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनले उक्त पसल सञ्चालन गर्ने भएका छन् । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलमा काठमाडौैँ उपत्यका भित्र ५/५ वटा सुपथ मूल्यका पसल सञ्चालनको अनुमति दिईएको हो । दुबै कम्पनीले उपत्यकामा सञ्चालन भएका डिपोबाट सुपथ मूल्य सञ्चालन गर्ने भएका छन् ।

खाद्यले साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थानका सामग्रीसहित अन्य कम्पनीका समेत सामग्री बिक्री गर्न पाउँने खाद्यका प्रमुख कार्यकारी निर्देशक नेत्रप्रसाद सुवेदीले जानकारी दिए । उनका अनुसार खाद्यले काठमाडौँ उपत्यकाका ५ स्थान र बढी बिक्री हुने जिल्लामा सहुलियत पसल सञ्चालन गर्नेछ । 

२ हजार खसि बोका ल्याईने

कम्पनीले दशैंलाई लक्षित गर्दै सुरुवाती चरणमा एक÷एक हजार खासी बोका र च्याङ्ग्रा किन्ने छ । कम्पनीले दाङ र मकवानपुरको मजवानपुरबाट खसी तथा बोका र मुस्ताङबाट च्याङ्ग्रा ल्याउने भएको हो । तीन स्थानबाट आवश्यकताका आधारमा खसी बोका तथा च्याङ्ग्रा ल्याउने कम्पनीले जनाएको छ ।

तीन हजार ल्याउने योजना रहेपनि यस वर्ष मागमा कमी आउने सम्भावना भएको भन्दै २ हजार ल्याउने तयारी भएको सुवेदीले जानकारी दिए । घटस्थापनाको २ अगाडीदेखि खसी बोका बिक्री गरिने कम्पनीले जनाएको छ । 

कतिमा बिक्री गर्ने भन्ने कुरा अहिले टुंगो लागि नसकेको कम्पनीले जनाएको छ । गतवर्ष दशैं चाडै भएका कारण भदौ २३ गतेदेखि सहुलियत पसल सञ्चालनमा ल्याइएको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved