राजधानीका २४ चोकमा नयाँ ट्राफिक लाइट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 20, 2020 | 02:16:14 PM मा प्रकाशित

laxmi  sunrise bank

महानगरीय ट्राफिक प्रहरी महाशाखाले राजधानिको विभिन्न २४ वटा चोकमा नयाँ ट्राफिक लाईट जडान गरेको छ । महाशाखाले सवारी व्यवस्थापनलाई म्यानुअलबाट प्रविधिमैत्री बनाई सुरक्षित, व्यवस्थित र सहज बनाउन मंगलबारबाट त्रिपुरेश्वर सहित विभिन्न २४ चोकमा नयाँ ट्राफिक लाईट जडान गरी सञ्चालनमा ल्याएको हो । 

महाशाखाले सवारी व्यवस्थापनमा ट्राफिक लाईट, सिसिटिभी, विभिन्न अनलाईन सफ्टवेयर जस्ता प्रविधिहरूको प्रयोग गरी ट्राफिक व्यवस्थापन गरिरहेको छ । सोमबार रोटरी क्लव अफ त्रिपुरेश्वरका अध्यक्ष भुवन श्रेष्ठले त्रिपुरेश्वरमा नयाँ जडान गरिएको ट्राफिक लाईट महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकाललाई हस्तान्तरण गरेका छन्  । रोटरी क्लव अफ त्रिपुरेश्वरले ‘ग्रीन त्रिपुरेश्वर’ कार्यक्रम अन्तर्गत कामनपासँग समन्वय गरी नयाँ ट्राफिक लाईट जडान गरेको हो ।

कार्यक्रममा बौल्द प्रमुख ढकालले यसरी नै ट्राफिक प्रहरीसँग सबै मिलेर लागिपर्ने हो भने उपत्यकाको ट्राफिक व्यवस्था सहज बन्न लामो समय नलाग्ने बताए । उनले काठमाडौं उपत्यकामा भइरहेको जाम, सवारी दुर्घटना तथा ट्राफिक समस्या समाधानको लागि प्रविधिको विकास र प्रयोगलाई प्राथमिकता दिइदै आएको बताए ।

पछिल्लो समय महाशाखाले उपत्यकाका विभिन्न निकायहरूको समन्वयमा ट्राफिक बत्ती जडान कार्यलाई तीव्रता दिएको छ । एकान्तकुना, कुपण्डोल, झम्सिखेल, हनुमानस्थान, मैतीदेवी, सोह्रखुट्टे, सितापाईला, बौद्ध, ग्रान्डी लगायतका ११ स्थानमा ट्राफिक लाईट जडानका लागी स्थानिय निकाय, सडक बिभाग लगायत अन्य संघ संस्थासँगको समन्वयमा काम भैरहेको महाशाखाले जनाएको छ । 

ट्राफिक लाईट सञ्चालन आएका स्थानहरूका ट्राफिक लाईटको पूर्ण पालना गरिदिनु सम्पूर्ण पैदलयात्री तथा सवारी चालकहरूलाई महाशाखाले विशेष अनुरोध पनि गरेको छ ।

प्रविधिमैत्री ट्राफिक व्यवस्थापनमा प्राथमिकता दिँदै महाशाखाले सम्बन्धित निकायसँग समन्वय गरी विगत ९ वर्षदेखि बिग्रेर रहेका सिंहदरबार, पद्मोदय ९सभागृह जाने मोड०, पद्मोदय ९अनामनगर जाने मोड०, पुतलीसडक, नयाँ बानेश्वर, पुरानो बानेश्वर, सुविधानगर, गौरीगाँउ, मुनिभैरव, कालिमाटी चोक, कालिमाटी शालिक,परोपकार, टंकेश्वर, नयाँ ठिमी चोक, गौशाला, मित्रपार्क, नारायणगोपाल चोक, महापाल, पुल्चोक, हरिहरभवन, अल्का अस्पताल अगाडी, कमलपोखरी ल्होत्से चोक र हाडीगाउँ ९भाटभटेनी अगाडी० लगायत क्षेत्रका ट्राफिक लाईट सञ्चालनमा ल्याइसकेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved