कोरोना सम्बन्धी प्रेस ब्रिफिङ ५ दिन नहुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 22, 2020 | 05:11:50 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइर ससम्बन्धी प्रेस ब्रिफिङ रोकिने भएको छ।  गत चैतदेखि दैनिक रूपमा हुने गरेको ब्रिफिङ पाँच दिनका लागि रोकिने भएको हो। 

दसैं विदा हुने भएकाले शुक्रबारदेखि मंगलबारसम्मका लागि प्रेस ब्रिफिङ नगर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुधबारदेखि परिष्कृत रूपमा मिडिया ब्रिफिङ गरिने मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले बताए । 

अपरान्ह सवा ४ः १५ बजे तिर हुने उक्त ब्रिफिङमा सरकारले पछिल्लो २४ घन्टामा थपिएका, निको भएका र मृत्यु भएका कोरोना संक्रमितको विवरणसहित अन्य गतिविधिको जानकारी दिने गरेको थियो। 

प्रेस ब्रिफिङ नभए पनि अन्य माध्यमबाट कोरोनाबारे  जानकारी दिइने प्रवक्ता गौतमले जानकारी दिए।   

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved