मंगलबार १७ सय ९० जनामा कोरोना पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म २ लाख ४ हजार ८५८ जना निको भएर घर फर्किसकेका छन् । विगत २४ घण्टामा मात्रै २७ सय ९१ जना संक्रमित कोरोना जितेर घर फर्किएका छन् । हाल १७ हजार ८७९ जना उपचाररत छन् ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप २४ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या १३ सय ६१ पुगेको छ ।