उपत्यकाका यी स्थानमा ३ दिन विद्युत अवरुद्द हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 27, 2020 | 08:54:09 AM मा प्रकाशित

laxmi  sunrise bank

आगामी ३ दिन उपत्यकाका विभिन्न स्थानमा ४ घण्टा विद्युत अवरुद्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले मङ्सिर १३,१४, र १५ गते बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म जोरपाटी वितरण केन्द्र अन्तर्गतका स्थानमा विद्युत अवरुद्द हुने जनाएको हो ।

प्राधिकरणका अनुसार जोरपाटी वितरण केन्द्रको मुलपानी स्वचिङ्गबाट सञ्चालित साँखु फिडरको मुलपानी ब्रह्मखेल सडक खण्डको मुलपानी पिपलबोटदेखि मुलपानी चौरसम्म एच.टी.लाइन तान्ने कार्य हुन लागेकोले उक्त फिडर अन्तगर्तको सिर्जनाटोल, इन्द्रायणी, साँखु र जरसिंहपौवा क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने भएको हो ।

प्राधिकरणले सो कार्य समय अगावै कार्य सम्पन्न भएमा सोहि अनुसार विद्युत लाइन सूचारू गरिने जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved